Logo

अध्यागमनको असहमतिपछि हार्डकपीमार्फत तथ्याङक सेयरिङ, पर्यटकको संख्या एकिन गर्न विज्ञ टोली गठन

अध्यागमनको असहमतिपछि हार्डकपीमार्फत तथ्याङक सेयरिङ, पर्यटकको संख्या एकिन गर्न विज्ञ टोली गठन



काठमाडौं । अध्यागमन विभागसँगको सहकार्यमा पर्यटकको तथ्याङक सेयरिङ सञ्जाल विस्तार गर्ने भएको छ ।

अध्यागमन विभागले कम्प्युटर पासर्पोट सेयरिङ गर्न नमाने पछि हार्डकपी मार्फत भए पनि तथ्याङक सेयरिङ गर्न लागिएको हो । विभागले प्रत्येक महिना हार्डकपी पठाउने र मन्त्रालयले डाटा प्रोसेसिङ गरी अपलोड गर्ने मन्त्रालयका योजना तथा मूल्याङकन महाशाखाका सह सचिव डण्डुराज अधिकारीले बताएका छन ।

अधिकारीले स्थलमार्गबाट आउने पर्यटकको संख्या एकिन गर्न एक विज्ञ टोली गठन गरिएको समेत जानकारी दिएका छन । हालसम्म स्थलमार्गबाट के कति पर्यटक नेपाल आए त्यसको कुनै तथ्थ्याङक नभएकाले उक्त संख्या एकिन गर्न विज्ञ टोली गठन भएको जानकारी दिएका छन ।

अधिकारीका अनुसार विज्ञ टोली गठन भए पनि स्थलमार्गबाट आउने पर्यटकको संख्यामा एकिन गर्न राष्ट्र बैंक तथा तथ्याङक विभागको विज्ञसँग छलफल हुने बताएका छन । अहिले राष्ट्र बैंक तथा तथ्याङक विभागको विज्ञसँग समय अभावले गर्दा केही कुरा अगाडी नबढेको अधिकारीले जानकारी दिए ।

पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदान एकिन गर्न टुरीजम स्टेलाईट अकाउण्ट (टिएसए) प्रणाली विकास गर्न समेत कार्यटोली गठन भई काम गरिरहको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्