Logo

बैकल्पिक विमानस्थल स्थान निधारण गर्न अध्ययन टोली गठन, को को परे कमिटिमा

बैकल्पिक विमानस्थल स्थान निधारण गर्न अध्ययन टोली गठन, को को परे कमिटिमा



काठमाडौं । सरकारले आन्तरिक उडानको लागि बैकल्पिक विमानस्थल स्थान निधारण गर्न ६ सदस्यीय अध्ययन टोली निर्माण गरेको छ ।

नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने हवाई चापलाई न्युनिकरण गर्न सरकारले काभ्रेको नागीडाँडा लगायतका स्थानमा बैकल्पिक विमानस्थल बनाउन उक्त अध्ययन टोली समुह गठन गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जानकारी दिएको छ ।

नागी डाँडा लगायतका स्थान छनौट गर्न सरकारले बुधबार बसेको मन्त्री स्तरको निर्णय अनुसार विज्ञ कमल केसीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन टोली निर्माण गरेको हो । टोलीले १५ दिन भित्र काभ्रेको बिभिन्न स्थानको अध्ययन गरी उपयुक्त स्थानको छनौट गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

अध्ययन टोलीको प्रतिवेदन आईसकेपछि आन्तरिक उडानको लागि सरकारले विमानस्थल बनाउने काम अगाडी बढाउने छ ।
अध्ययन टोलीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका धुब्रदाश भोछिभोया, बाबुराम पौड्याल, सुर्वण उपाध्याय, सिताराम भण्डारी तथा नल विक्रम थापा रहेका छन ।

मंगलबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेको नागीडाँडा, ठूलीचौर र देविस्थान ठूलीचौरको अध्ययन गरेको थियो । सरकारले हेरेको उक्त ३ स्थान तथा आवश्यक परेमा अन्य ठाउँको समेत अध्ययन गर्ने गरि प्राविधिक अध्ययन सुझाव समुह गठन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने मन्त्री अधिकारीले बताएका थिए ।

मन्त्री अधिकारीले आफ्नो सय दिने कार्य सम्पादनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई उडानलाई स्थान्तरण गर्न बैकल्पिक विमानस्थल निर्माणको स्थान निश्चित गरी कार्य अघि बढाउने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्