Logo

१५ दिन भित्र काठमाडौंको बैकल्पिक विमानस्थल टुङगो लाग्ने, प्राथमिकतामा नागीडाँडा

१५ दिन भित्र काठमाडौंको बैकल्पिक विमानस्थल टुङगो लाग्ने, प्राथमिकतामा नागीडाँडा



धुलिखेल । सरकारले आन्तरिक उडानको लागि काभ्रेको नागीडाँडामा स्थलगत अध्ययन गरेको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी सहितको टोली स्थलगत अध्ययनका लागि नागीडाँडामा पुगेको हो ।

आन्तरिक उडानको लागि काभ्रेको नागीडाँडा, ठूलीचौर र चिसापानी ठूलीचौरको अध्ययन गरेको हो । सरकारले उक्त स्थान सगँसँगै काभ्रेकै पाँचखाल तथा भकुण्डेबेँसी लाई समेत आन्तरिक उडानको लागि छनोट गरेको जानकारी दिएको छ ।

विगत २०७९ साल देखि गरेको सम्भाब्यता अध्ययनको प्रतिवेदन समेत हेरेर कुन स्थान उपयुक्त हुन्छ त्यसैमा विमानस्थल निर्माण गर्ने मन्त्री अधिकारीले बताएका छन । मन्त्री अधिकारीले नागीडाँडामा विमान स्थल बनाउन बुधबार भित्रनै विज्ञ समुह भित्रबाटै केहीलाई छनोट गरि अध्ययन समितिको गठन गरी प्रतिवेदन ल्याउने बताएका छन । तर, तीन स्थानमध्ये नागीडाडाँ उपयुक्त हुने सरोकारवालाहरु बताउँछन् ।

सरकारले हेरेको उक्त ३ स्थान मध्ये प्राथमिकताको आधारमा विमानस्थल बनाउदा छिटो, कम लागत र कम समयमा बन्न सक्ने स्थानलाई छनौट गरि अध्ययन समितिले १५ दिन भित्र प्रतिवेदन ल्याउने बताएका छन । तर स्थानीयले भने धुलिखेल नगरपालिका भित्र कुनै पनि हालतमा विमानस्थल बनाउन नदिने भएका छन । नगर भित्र एअरर्पोट बन्दा त्याँहाका पर्यटकीय तथा वातवरणमा पर्न सक्ने प्रभावले गर्दा ठूलीचौरमा आन्तरिक विमान स्थल बनाउन नदिने स्थानीय शंकर अधिकारी बताउँछन । धुलिखेल नगरपालिकाका मेयर असोक ब्यञ्जुले भने आन्तरिक विमान स्थल बनाउन बनेपा नगरपालिकाको नागिडाँडा नै उपयुक्त हुने बताएका छन ।

तर राज्य मन्त्री गोकुल बाँस्कोटाले भने सबैको साथ र सहयोगमा विमानस्थल बनाउनुपर्ने बताएका छन् । ‘साथीहरु यो र त्यो भनेर नबसौं तिब्र आर्थिक विकासको लागि काभ्रेमा एउटा विमानस्थल हामीलाई आवश्यक छ,’ उनले भने ‘हामीले धेरै पैसा भएर विमानस्थल बनाउन लागेको होइन’ केही पाउन केही गुमाउनु पर्छ प्राविधिक हिसावमा जहाँ उपयुक्त हुन्छ त्यहीँ बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्