Logo

पथप्रदर्शक राईको परिवारलाई टानले हस्तान्तरण गर्यो १० लाख

पथप्रदर्शक राईको परिवारलाई टानले हस्तान्तरण गर्यो १० लाख



काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले अशोक राईको परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।

क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकम स्वरुप शुक्रबार १० लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो ।

गत वर्ष पुस २८ गते ४ विदेशी र ४ सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकामा माघ ९ गते निधन भएको थियो ।

पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथप्रदर्शक एवं सहयोगीका लागि ७ वर्षयता संघले प्रत्येक वर्ष ७५ पथप्रदर्शक तथा सहयोगीका लागि १० लाख रुपैंया बराबरको बीमाका साथै हेलिकोप्टर तथा सवारी साधनबाट उद्धार गर्नका लागि बीमाको व्यवस्था गरेको छ ।

बीमा रकमको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष दीपकराज अधिकारीले टिम्स ( पदयात्री व्यवस्थापन सूचना प्रणाली) काटेका आधारमा पथप्रदर्शक एवं सहयोगीले बीमाको दाबी गर्नसक्ने भएकाले अनिवार्य रुपमा टिम्स काटेर मात्र पदयात्रा क्षेत्रमा जान पथप्रदर्शक एवं सहयोगीलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL