Logo

सौर्य एयरको विमानमा ठोकियो चरा, दुर्घटना हुनबाट जोगियो

सौर्य एयरको विमानमा ठोकियो चरा, दुर्घटना हुनबाट जोगियो



काठमाडौं । काठमाडौँबाट धनगढीका लागि उडेको सौर्य एयरलाईन्सको जहाज शुक्रबार दिउँसो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौँबाट उडेको ९ एनएएमई कल साइनको जहाजमा धनगढी विमानस्थल देखि २५ किलोमिटर टाढाको आकाशमा चरा ठोकिएको काठमाडौं एअरर्पोटका प्रवन्धक विनोध मिश्रले जानकारी दिएका छन । मिश्रका अनुसार जहाजमा चरा ठोकिए पनि जहाजमा असर नपरेको बताएका छन ।

जहाज बिहान ११ बजेर ४० मिनेटमा ४ जना चालक दलका तथा ११ जना बालकसहित ५४ जना यात्रु बोकेर काठमाडौंबाट धनगढीको लागि उडेको थियो । धनगढी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर रवि यादवले जहाजको नोज ९ अगाडिको चुच्चो भागमा चरा ठोकिएको बताएका छन ।

जहाजमा चरा ठोकिएपछि धनगढी विमानस्थलमा सकुशल अवतरण गरि पार्किडमा राखिएको छ भने काठमाडौंबाट इन्जिनीयर गईसकेको मिश्रले बताएका छन । जहाजमा खासै क्षति नभएपनि इन्जिनियरले उडाउन सकिने बताए पछि मात्रै जहाज उड्ने धनगढी विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्