Logo

अन्तर्राष्ट्रिय उडानमा घट्यो निगमको यात्रु, दुई वाइडबडी विमान जेठ अन्तिम साता नेपाल आउने

अन्तर्राष्ट्रिय उडानमा घट्यो निगमको यात्रु, दुई वाइडबडी विमान जेठ अन्तिम साता नेपाल आउने



काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ ।

लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४÷७५ मा कमी आएको हो । निगमको तथ्यांक अनुसार आव २०७४÷७५ को आठ महिनामा अन्तरराष्ट्रिय उडानतर्फ १ लाख १८ हजार यात्रु पुगेका छन अघिल्लो आवको सोही अवधिमा १ लाख ४५ हजार यात्रु पुगेका थिए । तुलनात्मक रुपमा यो संख्या २७ हजारले कमी हो । आव २०७२÷७३ को ८ महिनामा १ लाख २४ हजार यात्रु थिए । आव २०७३÷७४ मा ४ लाख २१ हजार यात्रु पुगेका थिए भने आव २०७२÷७३ मा जम्मा ३ लाख ४४ हजार यात्रुले निगमको विमान चढेका थिए ।

यस्तै आन्तरिक उडानतर्फ भने निगमका यात्रु बढेका छन । आव २०७४÷७५ को ८ महिनामा २९ हजार यात्रु पुगेका छन भने भने अघिल्लो वर्षको समीक्षा अवधिमा २८ हजार यात्रुले निगमको विमान यात्रा गरेका थिए । आव २०७२÷७३ मा जम्मा १३ हजार यात्रुले निगमको विमान चढेका थिए ।

अन्तर्राष्ट्रिय उडानमा विमान कम हुनु र भएको एक बोइङ पनि इञ्जिन बिग्रिएर मर्मत गर्न झण्डै दुई महिना लागेका कारण यात्रुको संख्यामा कमी आएको निगमको भनाइ छ ।

अन्तरराष्ट्रिय उडानका लागि निगमले दुई वाइडबडी विमान खरिद गरेर ल्याउँदैछ । आगामी जेठको अन्तिम साताभित्र पहिलो विमान आउने र असारदेखि सेवा शुरु गर्ने निगमको तयारी छ ।

निगमले अन्तरराष्ट्रियतर्फ १ बोइङ कलसाइन नाइन एन एसिए ७५७ विमान र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । निगमका दुईवटा बोइङमध्ये अर्को नाइन एसिबी ७५७ विमान लिलाममा बिक्री भइसकेको छ ।

अन्तरराष्ट्रियतर्फ विभिन्न मुलुकका ८ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको निगमले आन्तरिक उडानमा नौ वटा विमानबाट विभिन्न २३ गन्तव्यमा उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL