Logo

६ वटा टुवीनअटर खरिद गर्दै निगम, आन्तरिक उडानको लागि नागिडाँडामा विमानस्थल बन्ने

६ वटा टुवीनअटर खरिद गर्दै निगम, आन्तरिक उडानको लागि नागिडाँडामा विमानस्थल बन्ने



काठमाडौं । सरकारले आन्तरिक उडानलाई ब्यवस्थित गर्न ६ वटा टुवीनअटर ल्याउने भएको छ । नेपाल वायु सेवा निगमको आन्तरिक उडान नियमित नभएको भन्दै जनगुनासो आए पछि निगमले आन्तरिक उडानलाई नियमित गर्न ६ वटा टुवीनअटर ल्याउने भएको हो ।

बिहीबार भएको पर्यटन संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयको सय दिनको समिक्षामा बोल्दै नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ६ वटा टुवीनअटर ल्याउन गृहकार्य भइरहेको बताएका हुन् ।

निगमले टुवीनअटर खरिदका लागि निगमको आर्थिक विनियमावली अनुसार कमिटि बनाई काम सुरु गरेको तथा नयाँ आउने विमानलाई पूर्ण सञ्चालनको लागि आवश्यक पाईलटहरु ब्यवस्था गर्न समेत गृहकार्य भइरहेको कंसाकारले जानकारी दिएका छन् ।

निगमसँग पर्याप्त पाईलटको अभावले गर्दा नियमित उडान भर्न सकेको छैन । निगमले ३ जना चिनियाँ पाइलटलाई नेपाल ल्याउन नागरिक उडड्यन मन्त्रालयसँग पत्रचार भइरहेकोमा वाई १२ ई को एक जना क्याप्टेन भने मंगलबारनै पुनः प्रवेश गरेको निर्देशक कंसाकारले जानकारी दिएका छन ।

यसै गरि नागरिक उडड्यन प्राधिकरणले आन्तरिक उडानको लागि काभ्रेको ठूली चौरमा सम्भाब्यता अध्ययन भइसकेको भए पनि स्थानीयको विरोध तथा नगरपालिकाको असहयोग पछि काभ्रेकै नागिडाँडामा सम्भाब्यता अध्ययन गरेको उनले जानकारी दिए ।

सय दिने कार्यक्रमको घोषणा गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलबाट मात्रै उडान भर्दा लामो समयसम्म होल्ड गर्नु पर्ने अवस्था रहेको भन्दै क्षेत्रीय तहबाट उडाउने तयारी गरेको बताएका थिए ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक जाम न्यूनिकरणका लागि २१ घन्टा विमानस्थल सञ्चालन उडान तालिकामा वैज्ञानिक मापदन्ड लागू गर्ने घोषणा गरेकोमा यही जेठ ७ गते बाट विमान स्थल २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL