Logo

भद्रपुर विमानस्थलबाट रात्रि उडानको लागि सर्भे सुरु, दशैंबाट रात्रिकालिन उडान भर्ने

भद्रपुर विमानस्थलबाट रात्रि उडानको लागि सर्भे सुरु, दशैंबाट रात्रिकालिन उडान भर्ने



काठमाडौं । झापाको भद्रपुर विमानस्थलबाट रात्रिकालीन उडानका लागि सर्भे (अध्ययन) शुरु गरिएको छ ।

रात्रि उडानका लागि आवश्यक पर्ने धावनमार्गमा लाइट राख्न नेपाल नागरिक उड्डयन कार्यालय काठमाडौँले सर्भे थालेको भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालले जानकारी दिएका छन । उनका अनुसार रात्रिकालीन उडानका लागि अत्यावश्यक ‘आइएफआर फ्लाइट’ कार्यविधि तयार भएको छ । अहिले विमानस्थलमा ५ हजार मिटरबाट विमान अवतरण र उडान भइरहेको छ ।

आइएफआर प्रविधिपछि १७ सय मिटरबाट अवतरण र उडान गर्न सकिने कार्यालयले जनाएको छ । तीन महिनाभित्र काम सम्पन्न गरेर आगामी दशैँसम्ममा रात्रिकालीन उडान गर्ने लक्ष्य रहेको प्रमुख चुडालले बताएका हुन । रात्रि उडानका लागि बुद्ध एयरले परीक्षण उडान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्