Logo

५ वर्षमा निजगड विमानस्थलको काम ७५ प्रतिशत सकिने

५ वर्षमा निजगड विमानस्थलको काम ७५ प्रतिशत सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । पर्यटनमन्त्री रब्न्द्रि अधिकारीले अवको समय विकास र समृद्धिको भएको बताएका छन ।

शुक्रबारबाट सुरु भएको प्रथम सिमरा औद्यौगिक ब्यापार मेला, कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त कुरा बताएका छन ।

मन्त्रीअधिकारीले अवको दुई वर्ष भित्रमा पूर्व तयारीको काम सक्ने र ५ वर्ष भित्रमा ५० प्रतिशत काम सकिने बताएका छन । मन्त्री अधिकारीले निजगड विमानस्थल २२ देखी २५ मुलको हवाईहव बन्न सक्ने बताउँदै यस्का लागि सरकारले मुआब्ज र ऐलानी बस्तीका नागरिक प्रति राज्यले उचित निर्णय गर्ने बताए । निर्माण भन्दा पूर्व तयारीमा बढी समय लाग्ने भन्दै निर्माणमा केही सुस्त भएकाले अबको काम चाँडै हुने बताएका छन ।

राजधानीमा रहेको अन्तराष्ट्रिय विमानस्थमा अत्याधिक चाप बढे पछी सरकारले दोस्रो अन्तराष्ट्रिय विमानस्थको कामलाई गति दिने र वायुसेवालाई ब्यवस्थित गर्ने बताएका छन ।

१० दिन चल्ने उक्त मेलामा ४ सय स्टल रहने तथा २ करोड भन्दा माथीको ब्यापार गर्ने लक्ष आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्