Logo

कैलाश हेलिकप्टरले पायो एओसी, शनिबारदेखि व्यवसायीक उडान

कैलाश हेलिकप्टरले पायो एओसी, शनिबारदेखि व्यवसायीक उडान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कैलाश हेलिकप्टर सर्भिसेजलाई वायुयान संचालन अनुमति (एओसी) प्रदान गरेको छ । प्राधिकरणले कैलाशलाई आजै एओसी दिएको हो ।

एओसी पाएसँगै कम्पनीले चैत १० अर्थात शनिबारदेखि व्यावसायिक रुपमा उडान सुरु गर्ने भएको छ । कम्पनीले एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एएस३५० बी३ई केलिकप्टर खरिद गरी नेपाल ल्याइसकेको छ । उक्त जहाजबाटै कम्पनीले व्यवसायीक उडान सुरु गर्न लागेको हो । सो हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ ।

कम्पनीले निकट भविष्यमा नै अर्को हेलिकप्टर थप गर्ने समेत जानकारी दिएको छ । स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिन कैलाश हेलिकप्टर सर्भिसेजमा हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगीलगायतको लगानी रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हेलिकप्टरले विरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन÷कार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धार सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्