काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुहरुको उद्दार कार्य शुरु भएको छ । हालसम्म करिव १४ जना यात्रुको उद्दार गरिएको हो ।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार थप यात्रुहरुको उद्दार जारी छ ।