Logo

हिमालय एयरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव

हिमालय एयरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । हिमालयन एयरलाइन्सले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तरराष्ट्रिय वायुसेवाले नेपालीहरुलाई अन्य देशहरुसँग जोडेको सन्दर्भमा शुक्रबार आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको हो ।

एयरलाइन्ससँग हाल तीनवटा ए ३२० एयरबसका जहाजहरु सञ्चालनमा रहेका छन ।

सो कार्यक्रममा कम्पनीले सोशल मिडिया क्विजको सुरुवात गरेको थियो । यसका साथै दर्शक सहभागिता कार्यक्रमको पनि घोषणा गरिएको हो, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहने छ ।

कम्पनीले सहभागीहरुलाई एयरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा क्लिक गरी हिमालय एयरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान गरेको छ । जसका लागि लिङ्क डब्लुडब्लुडब्लु डट हिमालय एयरलाइन्स डट कम स्ल्यास क्विजमा क्लिक गर्न सकीने कम्पनीले जानकारी दिएको छ ।

प्रतियोगिता मार्च १९ सम्म मात्र रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL