Logo

नविकरणमा अपुग रकम बुझाएको भन्दै पर्यटन विभागले थाल्यो ३५ एजेन्सी खारेजी प्रकृया

नविकरणमा अपुग रकम बुझाएको भन्दै पर्यटन विभागले थाल्यो ३५ एजेन्सी खारेजी प्रकृया


बिजखबर संवाददाता
27
Shares

राङडोल लामा

काठमाडौँ । पर्यटन विभागले ३५ ओटा ट्राभल एजेन्सि खारेजीको प्रक्रिया अघि सारेको छ । नविकरणमा अपुग रकम बुझाएको भन्दै विभागले खारेजी प्रक्रिया अघि बढाएको हो ।

नविकरणको लागि १० दिने सूचना प्रकाशित गरे पनि सम्बन्धित निकायहरुले चासो नदेखाए पछी खारेजी गर्न लागेको विभागका प्रवक्ता लक्षमण शर्माले जानकारी दिए ।

‘ट्राभल वा ट्रेकिङ व्यवसाय संचालन गर्न इजाजत प्राप्त संघ संस्थाले नविकरणमा अपुग रकम जम्मा गरे पछी मन्त्रालय संगको सहकार्यमा ३५ व्यवसायी खारेज गर्न लागेका हौं’ उनले भने ।

चालु वा चुक्ता पुँजी तथा सुरक्षण बापतको बैंक ग्यारेण्टी रकम कायम नगरिएको तथा अपुग रकम बुझाएको भन्दै विभागले माघ १५ देखि सूचना निकालेको थियो ।

माघ २५ सम्म रकम वुझाउन पर्नेमा कम्पनीहरु सम्पर्कमै नआएका हुन् ।

शर्माका अनुसार बैंक ग्यारेण्टी रकम कम्तिमा ५ लाख कायम गर्ने, चुक्ता पुँजी फर्मको हकमा कम्तीमा रु १० लाख तथा कम्पनीको हकमा कम्तिमा रु २५ लाख कायम गर्ने कार्य ६० दिन भित्र गरिसक्नु पर्ने नियम छ ।

यसरी नविकरण नगरेका ट्राभल वा ट्रेकिङ एजेन्सिहरुमा नेपाल माउन्ट भ्यु इन्टरनेशनल प्रालि, हिमाल मन्डप जर्नी प्रालि, स्याटलाईट ट्रेक्स एण्ड एक्सपिडिसन प्राली लगायत ३५ ओटा ट्राभल छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL