Logo

आन्तरिक उडानमा बुद्ध एयरको नयाँ रेकर्ड, एकै दिनमा ४६ सय यात्रुलाई सेवा

आन्तरिक उडानमा बुद्ध एयरको नयाँ रेकर्ड, एकै दिनमा ४६ सय यात्रुलाई सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुद्ध एयरले एकै दिन ४ हजार ६ सय १० जना यात्रु उडाएर नयाँ रेकर्ड कायम गरेको छ । बुद्ध एयरले नेपाली आन्तरिक उडान इतिहासमा सबैभन्दा बढी यात्रु उडान भरेको बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले बताए ।

जोशीका अनुसार यसअघि बुद्ध एयरले एक दिनमा सबैभन्दा बढी ४ हजार ४ सय ७६ जना यात्रु उडान गरेको थियो । तर, मार्च ७ तारिक अर्थात यही बुधबार सबैभन्दा बढी यात्रु उडान भरेको उनले जानकारी दिए ।

सो दिन बुद्धले पोखरामा सबैभन्दा बढी यात्रु उडान भरेको छ । पोखरामा ८ वटा उडानमार्फत १ हजारभन्दा बढी यात्रुले उडान सेवा लिएको उनले जानकारी दिए । यस्तै दोस्रो स्थानमा विराटनगर रुटमा ७ सयभन्दा बढी यात्रुले उडान गरेको उनले जानकारी दिए ।

बुद्धले माउन्टेन फ्लाईटका साथै काठमाडौंबाट विभिन्न ११ स्थानमा आन्तरिक उडान सेवा उपलब्ध गराएको छ । जसअन्तरगत भरतपुर, पोखरा, विराटनगर, जकपुर, सिमरा, भैरहवा, धनगढी, नेपालगञ्ज, भद्रपुर, तुम्लिङटारमा उडान गर्दै आएको छ ।

हाल बुद्ध एयरले १० वटा विमानमार्फत आन्तरिक उडान भर्दै अएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL