Logo

कैलाश हेलिकप्टर सर्भिसेजले भित्र्यायो नयाँ हेलिकप्टर, ३० करोड लगानी

कैलाश हेलिकप्टर सर्भिसेजले भित्र्यायो नयाँ हेलिकप्टर, ३० करोड लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नयाँ हेलिकप्टर भित्रिएको छ । प्रतापजंग पाण्डे, श्रीराम केसी, इश्वरी पौडेल, सुनिल श्रेष्ठ, सुनिलकुमार पन्डित, सिएन पाण्डे, श्रीहरी कुइँके,क्याप्टेन आशिष शेरचनलगायतका युवा व्यवसायीहरुको लगानी रहेको कम्पनीले सो जहाज भित्र्याएको हो ।

फ्रान्सको जहाज निर्माता कम्पनी एयर बसले निर्माण गरेको एस ३५० बिथ्री सिरिजको हेलिकप्टर ल्याएको हो ।

 

कम्पनीले निकट भविष्यमा अर्कोपनि हेलिकप्टर भित्राउने योजना रहेको जानकारी दिएको छ ।

सो हेलिकम्पटर चार्टर्ड फ्लाईट, रेस्क्यु, बिरामी बोक्ने तथा माउन्टेन फ्लाईट प्रयोग हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL