Logo

अवैधानिक पदयात्राले पर्यटन क्षेत्र धरासायी, माफियाको चलखेल बढ्यो

अवैधानिक पदयात्राले पर्यटन क्षेत्र धरासायी, माफियाको चलखेल बढ्यो


बिजखबर संवाददाता
0
Shares

राङडोल लामा

काठमाडौँ । अवैधानिक तरिकाले सञ्चालन हुँदै आएको पदयात्रालाई रोक्न नसक्दा नेपालको पर्यटन क्षेत्र धरासायी अवस्थामा पुगेको भन्दै बिभिन्न संघ संस्थाले चासो देखाएका छन् ।

नियामक निकाय नेपाल पर्यटन विभाग,  ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) मा विना दर्ता पदयात्रा सञ्चालन गरिएको भन्दै पर्यटनसँग सम्बन्धीत संस्थाहरुले चासो देखाएका हुन् ।

नियम अनुसार पदयात्रा सञ्चालनपूर्व ती संस्थाहरुबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने छ ।

सरकारले पदयात्रालाई कानुन बमोजिम व्यवसाय संचालनको बाटो खुल्ला गरेको अवस्थामा पनि माफियाहरुले अवैधानिक बाटो अपनाएको टानका पूर्व महासचिव कर्ण लामाले बताए । ‘राज्यलाई दिनु पर्ने कर छली गर्ने मुख्य उद्देश्यसहित दर्ताको प्रक्रिया विनै व्यवसाय सञ्चालन गरेको हो’ उनले भने ।

लामाका अनुसार पदयात्रा जाँदा दर्ता भएको कम्पनी मार्फत नै जानपर्ने नियम छ । यस्ता कम्पनीले कामदार वा गाइडका साथै पर्यटककोे सुरक्षाको प्रत्याभुति समेत गराउनुपर्ने हुन्छ । तर अवैधानिक तरिकाले सञ्चालनमा आएका संस्थाहरुमार्फत पदयात्रामा जाँदा न कामदारको सुरक्षा हुन्छ न पर्यटकको नै । यसले सिङगो पर्यटन व्यवसायीलाई नै प्रदुषित गरेको उनको गुनासो छ ।

यसरी पर्यटन बिभागमा बिना दर्ता चलाएको व्यवसायले देशको अर्थतन्त्रलाई नै खलल पुर्याउने लामा बताउँछन् ।

त्यसो त टानले पर्यटन बिभागलाई बेलाबेलामा यसबारे जानकारी गराउदै आएको छ । तर विभागले खासै चासो नदेखाएको पूर्व महासचिव लामाले बताए । गैरकानुनी संचालकहरुलाई पहिचान गरि पूर्ण रुपमा बन्देज गर्न (टान) को पहलमा पर्यटन बिभाग, पर्यटन प्रहरी तथा अन्य सम्बन्धित निकायहरुसंग सहकार्य गरि बिशेष टोली गठन भइसकेको लामाले जानकारी दिए ।

टोलिले काल्पनिक कम्पनीको नाम प्रयोग गरि वेबसाईट संचालन गर्ने ब्यक्ती तथा संस्था पहिचान गर्ने, टान, नेपाल पर्यटन र्बोडलगायत संस्थामा आबद्ध नभएका तर आबद्ध रहेको भनि वेबसाइट खोल्ने र ब्यवसायी संचालन गर्ने ब्यक्ती तथा संस्थाको पहिचान गर्ने छ ।

त्यस्ता गैर कानुनी तरिकाले संचालनमा रहेको ब्यक्ती तथा संस्थाको पहिचान गरेर पर्यटन बिभागमा बुझाउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्