Logo

पाइलट अभाव भएपछि निगमको ‘एक्सन’, करारमा एकैपटक ४३ पाइलट माग

पाइलट अभाव भएपछि निगमको ‘एक्सन’, करारमा एकैपटक ४३ पाइलट माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पाइलट अभावका कारण जहाज उडाउन नसकेको आरोप खेप्दै आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एकै पटक ४३ जना पाइलट माग गरेको छ । निगममा पाइलट अभाव भएपछि हालैमात्र चीनबाट ल्याइएका दुई ओटा जहाज उडान गराउन पनि समस्या भएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय उडानमा पनि यसको असर देखिन थालेको थियो ।

निगमले मंगलबार सार्वजनिक सुचना प्रकाशित गर्दै सञ्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको हो । निगमले बढीमा दुई बर्षसम्मका लागि एयरबस ३३० का लागि ६ जना पाइलट माग गरेको छ । त्यस्तै एयरबस ३२० का लागि दुई बर्षसम्म ४ जना पाइलट, बोइङ ७५७ का लागि ६ महिनादेखि एक बर्षसम्म ६ जना पाइलटको आवेदन माग गरेको छ ।

अन्तर्राष्ट्रिय उडान बाहेक आन्तरिक उडानका लागि पनि निगमले करारमा पाइलट माग गरेको छ । बढीमा पाँच बर्षसम्म एमए ६० का लागि ४ जना, पाँच बर्षसम्मकै लागि वाई १२ मा ११ जना पाइलट माग गरेको निगमले जनाएको छ । त्यस्तै एयरबस ३३० र बोइङ ७५७ का लागि समान ६ जना को पाइलटको पनि निगमले आवेदन माग गरेको छ । इच्छुक व्यक्तिले उडान अनुमतीको लाइसेन्स, प्रमाणपत्र सहितको आवेदन इमेल गर्न सक्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्