काठमाडौं । नेपालले पाटा एडभेन्चर ट्राभल एन्ड रिस्पोन्सिबल टुरिजम कन्फेरेन्स एन्ड मार्टमा सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल बायु’ सेवा निगमको समन्वय तथा सहकार्यमा ११ ओटा निजी पर्यटन व्यवसायीक कम्पनीहरुले उक्त मार्टमा सहभागिता भएका हुन् ।
फेब्रअरी २१ देखि २३ सम्म युएईको अल आइनमा भएका उक्त मार्टमा ३३ वटा विभिन्न मुलुकहरुबाट १८० जनाको सहभागी थिए । युएईका संस्थापक सेख जायेद बिन सुल्तान अल नयन को १०० औं जन्मजयन्तीको अबसरमा युएईले मार्टको आयोजन गरेको हो ।
पाटा अन्तरराष्ट्रियका सीईओ डा. मारिओ हार्डीले पाटाले प्रशान्त एसिया क्षेत्रभित्र रहेका सम्पुर्ण सरोकारवाला निकाय तथा व्यक्तिहरुका लागि हितकारी योजना निर्माण गर्नका लागि उक्त मार्टको आयोजना गरेको बताए । ‘एडभेन्चर इन न्यु एरा अर्थात ‘नया युगमा साहसिक पर्यटन’ मुल नाराका साथ आयोजित उक्त मार्टमा साहसिक यात्रा तथा पर्यटन क्षेत्रको बिबिधता, चुनौती एवं अवसरहरुका बारेमा छलफल गर्न अन्तरराष्ट्रिय विज्ञहरुलाइ बोलाइएको थियो ।
पाटा नेपाल च्याप्टरका सिईओ सुरेश सिंह बडालले मार्टको सहभागिता साहसिक पर्यटनको बिबिध आयामहरू तथा समसामयिक र नया प्रब्रितिहरुको बारेमा ज्ञान प्रदान गर्ने तथा व्यापार प्रवद्र्धनको एउटा महत्वपुर्ण मंच भएको बताए ।
उनले नेपालको अधिकतम सम्भावनाहरु पहिचान गरी नबिनतम डिजिटल मार्केटिङको प्रवृति आत्मसाथ गर्दै नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा सक्रिय प्रबद्र्धन तथा मार्र्केिटङ गरिनुपर्ने बताए ।
युएइमा आयोजित यो एडभेन्चर मार्ट नेपालको साहसिक पर्यटनका अनेक गतिविधिहरु तथा सकभावनाहरु प्रबद्र्धन गर्ने र नेपाली अपरेटर्सहरुलाइ अरेवियन मार्केट विश्लेषण गर्ने महत्वपुर्ण रहेको उनले जानकारी दिए । काठमाडौँसंग सातामा ७० भन्दा बढी उडानहरुले जोडिएको अरेबियन मार्केट नेपालका लागि उच्च स्तरीय पर्यटकहरु भएको सम्भाव्य स्रोत मार्केट हो ।