Logo

जलवायु तटस्थातिर यती एयरलाईन्स, २०१७ मा १८ हजार १ सय टन कार्वन उत्सर्जन

जलवायु तटस्थातिर यती एयरलाईन्स, २०१७ मा १८ हजार १ सय टन कार्वन उत्सर्जन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यती एअरलाईन्सले आफुलाई कार्बन तटस्थ एयरलाईन्सका रुपमा स्थान्तरण गर्ने कार्यको थालनी गरेको छ ।

शुक्रबार एक कार्यक्रममा एअरलाईन्सले विगत एक वर्षमा उत्सर्जन गरेको हरित गृह ग्याँस र त्यसले वातावरणमा पार्ने असरका बारेमा छलफल गरेको कम्पनीले जानकारी दिएको छ ।

यती एयरलाईन्सले नेपालमा पहिलो पटक हवाईयात्रा र यससँग सम्बन्धित सवारी साधनले वातवरणमा पार्ने प्रभावका बारेमा यस्तो खालको अभ्यासको शुरुवात गरेको हो ।

उक्त कार्यक्रममा यती एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले नागरिक उडड्यन प्राधिकरण र राष्ट्र संघिय विकास कार्यक्रमको सहयोगमा यती एअरलाईन्स कार्बन तटस्थताको दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा भएको बताए ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले यती एअरलाईन्सको यस निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरण मैत्री बनाउने कुराको दावी गरे ।

प्रारम्भिक तथ्याङक अनुसार सन् २०१७ मा यती एअरलाईन्सले १८ हजार १ सय ३३ टन कार्वन उत्सर्जन गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL