Logo

बुधबारदेखि भट्टेडाँडामा राडारको परीक्षण शुरुवात, फेब्रअरी १ देखि सञ्चालनमा आउने

बुधबारदेखि भट्टेडाँडामा राडारको परीक्षण शुरुवात, फेब्रअरी १ देखि सञ्चालनमा आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधबारदेखि ललितपुरको भट्टे डाँडामा राडारको परीक्षण शुरुवात गरिएको छ । सो उच्च क्षमताका ‘टु जी राडार’ आगामी फेब्रअरी १ देखि सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउन लागेको बताएको छ ।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा राडान जडान गरिएको हो । राडार जडानका लागि जाइकाले करिव १ अर्ब सहायता गरेको प्राधिकरणले जानकारी दिएको छ ।

हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल ६० एरोनोटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकोमा अब १२० एरोनोटिकल माइलमा स्तरोन्नति हुनेछ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुने बताएको छ ।

सो राडार भट्टेडाँडाको ८ हजार २०० फिट उचाइमा जडान गरिएको हो । राडार सञ्चालनमा आएसँगै हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । हाल उपत्यका बाहिर उडिरहेका जहाजलाई रेडियो सिग्नलका आधारमा सम्र्पक गरेर जहाजको अवस्था थाहा पाउनुपर्ने बाध्यता छ ।
नयाँ राडार जडान भएपछि काठमाडाँ देखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिनेछ । नयाँ राडार सञ्चालनमा आएपछि नेपाली आकाशको ७५५ भाग कभरेज गर्ने छ ।
उक्त राडारको गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको ‘फेडरल एभिएसन एड्मिनिस्ट्रेसन’को जहाजले उडान गरी परीक्षण गरेको थियो ।

भट्टेडाँडामा जडित राडारले नेपालको पूर्वको सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतको जानकारी पाउन सकिने प्राधिकरणले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL