Logo

कतार एयरवेजद्धारा एम्वेस्डर बार्विक्यु लन्च आयोजना, नयाँ गन्तव्यका बारेमा जानकारी

कतार एयरवेजद्धारा एम्वेस्डर बार्विक्यु लन्च आयोजना, नयाँ गन्तव्यका बारेमा जानकारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कतार एयरवेजले ‘एम्बेस्डर बार्वीक्यु लन्च २०१८’ आयोजना गरेको छ । एयरवेजले काठमाडौंको गोकर्ण रिसोेर्टमा उक्त लन्चको आयोजना गरेको हो ।

लन्च कार्यक्रममा अफगानिस्तान तथा संयुक्त राष्ट्रसंघका उच्च पदस्थ कर्मचारी तथा पाँच तारे होटलका महाप्रबन्धकलगायतको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाइ ‘अल्टा-मोर्डन एक्स्टा-वाइड बडि एयरबस ए ३५०-९००’ को बारेमा जानकारी दिइएको थियो ।

साथै कार्यक्रममा एयरवेजले आगमी दिनमा थप नयाँ गन्तव्यहरुको वारेमा पनि जानकारी जानकारी दिएको हो । जसमा क्यानबेरा, अस्ट्रेलिया, बेलायतको कार्डिफ तथा मलेसियाको पेनाङ रहेका एयरवेजले जानकारी दिएको छ ।

कार्यक्रममा आगन्तुकहरुले भरपुर मनोरञ्जन लिएका थिए । एयरवेजले आयोजना गरेको यो छैठौं आयोजना हो । कतार एयरवेजले हालै सेन्ट पिटर्सवर्ग, रसिया, न्यु जिल्यान्ड तथा फ्रान्सलगायत  नौ नयाँ गन्तव्यमा उडान भरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL