Logo

वटानिया एयरवेजले शुरु गर्यो काठमाडौं -कुवेत सिधा उडान, एकतर्फी भाडा २३ हजार

वटानिया एयरवेजले शुरु गर्यो काठमाडौं -कुवेत सिधा उडान, एकतर्फी भाडा २३ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेजले  आजदेखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।

सेवा सञ्चालनसंगै वटानिया कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ । यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा मितब्ययी मुल्यमा उपलब्ध गराउने रहेको छ ।

एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु. २३ हजार निर्धारण गरेको छ ।

तीन ए–३२० विमान सहितको वटानिया एयरवेज्ले विश्वभरका ११ गणतब्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ ।

साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ । ‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वटानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेटमा कामको थप अवसर समेत प्राप्त हुने हामीलाई विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्
MBL