Logo

क्यानडाबाट ट्वीनअटर जहाज खरिद गर्न निगमले अघि बढायो प्रक्रिया

क्यानडाबाट ट्वीनअटर जहाज खरिद गर्न निगमले अघि बढायो प्रक्रिया


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा सेवा निगमले दुर्गम क्षेत्रमा उडानको लक्ष्य राख्दै ट्वीनअटर जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले तत्काल चार ओटा ट्वीनअटर जहाज खरिद गरेर दुर्गम पहाडी र हिमाली क्षेत्रमा उडानको लक्ष्य राखेको हो ।

दुर्गम क्षेत्रमा उडान भर्न निजी कम्पनीले खास चासो देखाउँदैन । व्यावसायिक रुपमा त्यस्ता क्षेत्रको उडान सफल नहुने भएकोले पनि दुर्गम क्षेत्र हवाई सम्पर्कबाट पनि टाढा रहन बाध्य छन् । यस्तो परिस्थितीमा निगमले क्यानडाको भाइकिङ कम्पनीले निर्माण गर्ने ट्वीनअटर खरिद प्रक्रिया अघि बढाएको हो ।

खरिद प्रक्रियालाई सहज बनाउन आवश्यक अध्ययन सुरु भइसकेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जहाजको क्षमता र रकमको विषयमा भने अहिलेसम्म टुङ्गो लागिसकेको छैन । ‘अहिले अध्ययन प्रक्रिया मात्र अघि बढाएका छौं’ उनले भने ‘खरिदका लागि समय लाग्छ ।’

चिनियाँ जहाज पनि ल्याइने

चीनसँगको सम्झौता अनुसार बाँकी रहेका दुई चिनियाँ जहाज पनि ल्याउने निर्णय निगमले गरेको छ ।

यसअघि चिनसँगको खरिद सम्झौता अनुसार ६ थान चिनियाँ जहाजमध्य चार ओटा निगमले ल्याइसकेको छ । बारम्बार विभिन्न समस्याका कारण ग्राउण्डेड हुने चिनियाँ जहाज भने निकै विवादमा परिरहेको छ ।

निगमले १७ सिट क्षमताका वाई–१२ ई जहाज केही महिना भित्रै नेपाल ल्याउने गरी प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL