Logo

पर्यटन व्यवसायी भन्छन् ‘सरकारले पूर्वाधार तयार गरे सात वटै प्रदेशमा लगानी गर्न तयार छौं’

पर्यटन व्यवसायी भन्छन् ‘सरकारले पूर्वाधार तयार गरे सात वटै प्रदेशमा लगानी गर्न तयार छौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पर्यटन व्यवसायीहरुले सात वटै प्रदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । नेपालको आर्थिक विकासका लागि सरकारले उचित नीति अख्तियार गर्ने र विमानस्थल, बाटो, उर्जा जस्ता अत्यावश्यक पूर्वाधारहरुमा लगानी गरेको खण्डमा आफुहरु लगानी गर्न तयार रहेको उनिहरुले बताएका हुन् ।

सोमबार होटल संघ नेपाल,नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट, नेपाल पर्वतारोहण संघ र नेपाल एसोसिएसन अफ राप्mिटङ को संयुक्त छलफल कार्यक्रममा उनिहरुले यस्ते बताएका हुन् । सो अवसरमा तीन मुख्य राजनीतिक दलका प्रतिनिधि पनि सहभागी थिए ।

आसन्न चुनावहरुका लागि तयार पारिने घोषणापत्रमा समेत अर्थतन्त्रको दिगो विकासको माध्यम पर्यटन उद्योग रहेकोले विशेष प्राथमिकता सहित उल्लेख गरिदिनका लागि यो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले होटल संघ नेपाल स्थापनाको स्वर्ण महोत्सवको अवसरमा पनि नेपालको संघिय संरचनामा पर्यटनको विकास र प्रवर्धन कसरी गर्ने विषयमा बृहत छलफल गरि यस विषयको उठान गरिसकेको स्मरण गराए । साथै नेपालका सात वटै प्रदेशका लागि भावी पर्यटनको दुरदृष्टि र मार्गचित्र कोर्ने जमर्काे गरेको बताए ।

साथै सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा पर्यटनलाई प्राथमिकताका साथ उल्लेख गर्नका लागि आग्रह उनले गरे ।

उनले सबै प्रदेशहरुले आ आफ्नो विशिष्टता झल्कने पर्यटकीय ब्राण्ड तयार गर्न, प्रदेश र स्थानीय सरकारले पर्यटक र पर्यटन व्यवसायीसंग सन्तुलित ढंगले मात्र शुल्क लगाउन राजनैतीक नेतृत्वलाई आग्रह गरे ।

साथै पर्यटन र होटल उद्योग सेवामुखी भएकाले सन्तुलित श्रम सम्बन्ध निर्माण गर्ने वातावरण तयार गर्न र दु्रतरुपमा आर्थिक विकास भएका छिमेकी मुलुकहरु चीन र भारतबाट बढी भन्दा बढी पर्यटकहरु भित्र्याउनका लागि सरकारी स्तरमा पहल गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा माओबादी केन्द्रका सचिवालय सदस्य लिलामणी पोख्रेलले पर्यटन व्वसाय साँच्चै नै दिगो आर्थिक विकासको आधार हुन सक्ने बताए । होटल तथा पर्यटन व्यवसायीहरुको चासोमा आफ्नो पार्टिको ऐक्यबद्धता जनाए ।

पूर्व परराष्ट्र र उर्जा मन्त्रि तथा नेपाली काँग्रेसका नेता प्रकाश शरण महतले पर्यटन विकासको विषय नेपाली काँग्रेसको घोषणापत्रमा समावेश गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा एमाले पर्यटन विभागका प्रमुख सुर्य थापाले पार्टीले तयार गर्ने चुनावको घोषणापत्रमा पर्यटन विकासको विषय प्राथमिकताका साथ निश्चित लक्ष्य तोकेरै राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL