Logo

हिमालय एअरलाइन्सलाई दक्षिण एशियाकै ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स अवार्ड’

हिमालय एअरलाइन्सलाई दक्षिण एशियाकै ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स अवार्ड’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स इन साउथ एशिया अवार्ड प्राप्त गरेको छ । माल्दिभ्समा हालै सम्पन्न ‘साउथ एशिएन ट्राभल अवार्ड’ मा एयरलाइन्स सो अवार्डबाट सम्मानित भएको हो ।

सो अवसरमा जन इन्टरनेशनल एअरपोर्टका महाप्रवन्धक इवथिसमा अहमेल सइदले हिमालय एअरलाइन्सको व्राण्ड तथा सेवा प्रमुख उज्जवला दली, लाई सो अवार्ड प्रदान गरेकी हुन् ।

साटा दक्षिण एशियाकै पहिलो ‘ट्राभल अवार्ड’ हो । दक्षिण एशियाको पर्यटन क्षेत्रलाई सुविधा तथा सेवाका आधारमा पहिलोपटक साटा मार्फत पुरस्कार दिइएको हो । पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने तथा सेवाको गुणस्तर बढाउने उद्देश्यसहित साटा आयोजना गरिएको हो ।

कार्यक्रमका लागि दक्षिण एशियाका विभिन्न एअरलाइन्समध्ये उत्कृष्ट छान्न मे ३१देखि अगष्ट ३१ सम्म भोटिङ खुल्ला गरिएको थियो ।

सो अवसरमा दलीले अवार्डले सेवालाई अझ राम्रो र स्तरिय बनाउन प्रोत्साहित गरेका बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL