Logo

पर्यटन बोर्डले भिडियो प्रतियोगिता आयोजना गर्दै, प्रथम हुनेलाई ५० हजार र ८ दिनको प्याकेज

पर्यटन बोर्डले भिडियो प्रतियोगिता आयोजना गर्दै, प्रथम हुनेलाई ५० हजार र ८ दिनको प्याकेज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले एकादेशमा फिल्म फेस्टिबलको सहयोगमा #videoNepal  प्रतियोगिताको आयोजना गरेको छ।

प्रतियोगितामा ७ मिनेटसम्मको भिडियो नेपाली पर्यटनका विविध विधा समेटेर पठाउन सकिने पर्यटन बोर्डले जानकारी दिएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले नेपालका विभिन्न गन्तब्यका सात रात आठ दिनको प्याकेजसँगै नगद पुरस्कार क्रमश ५० हजार, ४० हजार र ८० हजार प्राप्त गर्नेछन्।

नेपालमा भएका सृजनात्मक भिडियो निर्माताका प्रतिभालाई प्रष्फुटन गर्न भिडियो प्रतियोगिताको आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने।

प्रतियोगितामा १ सय भन्दा बढी सहभागी हुने बताएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले सिडी वा पेन ड्राइभमा भिडियो राखी नेपाल पर्यटन बोर्डको कार्यालयमा पोष्टबाट वा सोझै बुझाउन सक्नेछन्।

निजी भिडियो बनाइ विभिन्न भिडियो प्लेटफर्मको लिङ्क भएमा [email protected]  मा इमेल गर्न सकिने बोर्डले जनाएको छ।

भिडियो पठाउने अन्तिम दिन डिसेम्बर ३१ तरिख २०१७ सम्म तोकिएको
छ।

प्रतिक्रिया दिनुहोस्