Logo

हिमालय एयरलाइन्सले शुरु गर्यो काठमाडौं दमाम उडान, ५ लाख नेपाली लाभान्वित

हिमालय एयरलाइन्सले शुरु गर्यो काठमाडौं दमाम उडान, ५ लाख नेपाली लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं दमाम सिधा उडान शुरु गरेको छ । आप्रवासी नेपालीहरुको मागलाई ध्यानमा राखेर नेपालमै पहिलो पटक दमामको उडान भरेको हो ।

काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान एच९ ५५९ बेलुका २२:३० मा प्रस्थान गरेको छ ।
सो उडान, दमाम स्थित किङ फाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानिय समय अनुसार बिहान ००:५० मा अवतरण गरेको छ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले ‘काठमाडौं र दमाम जोड्ने पहिलो वायुसेवा कम्पनी हुन पाउनुमा खुशी भएको बताए ।
‘यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सिधा उडानको सेवा प्राप्त गर्न सक्ने गरि हिमालय

एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको छ,’ ‘यस उडानले साउदी अरेबियामा विभिन्न पेशामा सँलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडा दरमा सिधा उडानको सुविधा प्रदान गर्ने छ ।’

नेपाली अतिथ्य सेवाले घर फर्कने नेपालीहरु खुशी हुने जानकारी दिए । टिकट खरिद तथा बुकिङका लागि हिमालय एअरलाईन्सको बिक्री कार्यालय वा आधिकारिक ट्राभल एजेन्टसँग सम्पर्क गर्न सकिने छ ।

एअरलाईन्सले इकोनोमी क्लास को लागि ३० केजी र बिजनेस क्लास को लागि ४० केजी जी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरिएको छ ।
हिमालय एअरलाईन्सले साउदी अरेबियाका लागि आफ्नो आधिकारीक विक्रेताका रुपमा अस्फर ट्राभल एण्ड टुरिजमलाई छनौट गरेको छ । जसले टिकट बिक्री, बजार प्रवर्धन, बुकिङ तथा आरक्षणको लागि जिम्मेवारी लिएको छ ।

नेपाल चीनको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाईन्स नेपालको एक निजी अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने कम्पनी हो ।

अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाईन्स आफ्ना समस्त ग्राहक वर्गहरुमा पूर्ण रुपमा सेवा सुविधा, सुरक्षा, परिचालनमा विश्वसनियता तथा प्रदर्शनमा उत्कृष्टता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्