Logo

एसियन रोड शो मा नेपालको ऐतिहासिक सहभागिता

एसियन रोड शो मा नेपालको ऐतिहासिक सहभागिता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जर्मनीमा आयोजित रोड शोमा नेपालले सहभागिता जनाएको छ । जर्मनीको टूर अपरेटर एफटिआइ टुरिस्टिकद्वारा अगष्टको २१ देखि २५मा जर्मनीको ५ ठूला शहरमा  रोड  शो आयोजना भएको थियो ।

नेपाल पर्यटन बोर्डले नेपाललाई जर्मनीका शहरहरु–ह्यामबर्ग, एस्सेन, मेनहेम, वुजवर्ग र ड्रेसडेनमा प्रतिनिधित्व गर्दा जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डबाट २२ सय भन्दा बढी टुर अपरेटरहरु सहभागी भएका थिए ।

यो नेपाल पर्यटन बोर्डको अन्तरराष्ट्रिय टूर अपरेटरसँगको सहकार्यमा प्रबद्र्धनात्मक कार्यक्रम गर्ने पहिलो प्रयास हो । पाँचै शहरमा बोर्डले नेपाल बारेमा विशेष प्रस्तूति एसियाका अन्य रुचाइएका गन्तब्यहरु–चीन, थाइल्याण्ड, टाइवान, सिँगापुरसँगै गरेको हो ।

प्रत्येक कार्यक्रममा ८० भन्दा बढी एजेण्टहरु सहभागी थिए जसले नेपाली लगाएतका सहभागी बिटुबी छलफल गरे । श्रब्यदृश्य माध्यमबाट नेपाल बारेमा घतलाग्दो गन्तव्य प्रस्तुति पनि यी अवसरहरुमा गरियो ।

सहभागी एजेण्टहरुलाई नेपाल प्याकेज किन बेच्ने, के अनुभव गर्न हेर्न पाइन्छ, सुरक्षा प्रत्याभूतिका समेतमा जानकारी गराइएको थियो । विक्रेताका रुपमा नेपालको सहभागिता एजेण्टहरुले औधि रुचाए । नेपाल मात्रै दक्षिण एसियाबाट सहभागी देश भएकाले फाइदा पनि यो अवसरमा राम्रो मिलेको बताएको छ ।

सहभागीलाई ढाकाको सल बाँडिएको थियो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यो कार्यक्रम मार्फत बोर्ड सोझै अन्तराष्ट्रिय टूर अपरेटरहरुसँग जोडिएको बताए ।

साथै आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर निरन्तरता दिइने जानकारी दिए ।

त्यस्तै जोशीले यस्ता कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा आयोजक जर्मनीको टूर अपरेटर एफटिआइ टुरिस्टिकसँग बोर्ड अनुग्रहित रहेको समेत बताए ।

नेपाल पर्यटन बोर्डलाई प्रबन्धकहरु लेखनाथ भुषाल, श्रद्धा श्रेष्ठ र जनसम्पर्क प्रतिनिधि सन्तोष भट्टराईले प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL