Logo

निगमको अनलाईन टिकटमा आकर्षण, दैैनिक ६ लाखको बिक्री

निगमको अनलाईन टिकटमा आकर्षण, दैैनिक ६ लाखको बिक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले साउन १ गतेदेखि शुरु गरेकोे अनलाइन टिकट बुकिङमा उपभोक्ताहरुको आकर्षण बढ्न थालेको छ । शरुवाती चरणमा अनलाइन बुकिङमार्फत दैनिक २ हजार डलरको मात्र टिकट बिक्री हुने गरेकोमा हाल बढेर ६ हजार डलर बराबरको हुने गरेको निगमका सहायक प्रवक्ता शैलेश कंशाकारले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत डलर अकाउन्ट भएकाले मात्रटिकट बुकिङ गर्न मिल्ने भएकोले पनि सोचे अनुसारको बिक्री नभएको हो । हाल ग्लोबल बैंकहरुमा खाता भएका नेपालीले मात्र अनलाइन बुकिङको सुबिधा उपयोग गर्न सक्ने छन् ।

‘अनलाइन बुकिङका लागि क्रेडिटतथा भिजा मास्टर कार्ड अनिवार्य चाहिन्छ,’ उनले भने, ‘नेपालका सबै बैंकमा यो सुबिधा छैन ।’
पछिल्लो समय बैंकहरुले भिसा इलेक्ट्रोन, ट्राभल कार्ड उपलब्ध गराउन थालेकाले अनलाइन बुकिङ विस्तारै सहज हुने समेत कंशाकारले जानकारी दिए । सो सेवा उपलब्ध गराएसँगै नेपालको जुनसुकै बैंकमा खाता भएका ब्यक्तिले अनलाइन बुकिङ गर्न सक्ने निगमले बताएको छ ।
त्यस्तै निगमसँग पर्याप्त जहाज नभएकाले पनि सोचे अनुसारको काम नभएको उनले बताए । निगमले विशेषगरी पर्यटक भित्र्याउने उद्देश्यसहित अनलाइन बुकिङ सेवा शुरु गरेको हो ।

टिकट बुकिङ गर्नेमध्ये ८० प्रतिशत नेपाली र अन्य विदेशी रहेको उनले बताए । ‘विदेश यात्रा गरिरहने नेपालीले अनलाइन टिकट बुकिङबारे जानकारी पाइसकेका छन्,’ उनले भने, ‘विदेशमा भने भर्खर प्रचार प्रसार शुरु भएकोले अनलाइन बुकिङ नगरेका हुन ।’ तर, अनलाइन सेवा शुरु गरेपनि निगमको काउण्टर वा कार्यालयसम्म्म आएर टिकट काट्नेको संख्या पनि उतिकै छ ।

अनलाइन टिकटको व्यवस्थाले विमानको टिकट लिन कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्यगर्ने छ । निगमले अनलाइन टिकट बुकिङ र भुक्तानीको लागि भारतीय र थाइल्यान्डको कम्पनीसँग सम्झौता गरेको थियो ।

जसअनुसार अनलाइन बुकिङको लागि भारतको सफ्टवेयर कम्पनी ‘बर्डस’ सफ्टवेयर निर्माणको जिम्मा पाएको छ । त्यस्तै अनलाइन भुक्तानीको लागिथाइ कम्पनीसँग सम्झौता भएको हो । संसारको जुनसुकै कुनाबाट पनिक्रेडिट कार्डबाट भुक्तानीगर्न मिल्ने र अनलाईनबाटै टिकट बुकिङ गर्न मिल्ने भएकोले टिकट खरिद विक्रीमा पारदर्शिता हुने निगमले बताएको छ । त्यस्तै भनसुनको भरमा टिकट पाइने भ्रमको पनि अन्त्य हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL