Logo

श्री एयरलाइन्सले पायो नियमित उडान अनुमती, बिहीबारदेखि नै बुकिङ खुल्ला

श्री एयरलाइन्सले पायो नियमित उडान अनुमती, बिहीबारदेखि नै बुकिङ खुल्ला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । श्री एयरलाइन्सले नियमित उडानका लागि अनुमती पाएको छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्रीले बिहीबारदेखि ‘फिक्स्ड विङ’ जहाजबाट नियमित उडानको अनुमती पाएको कम्पनीका कर्पोरेट म्यानेजर अनिल माानन्धरले जानकारी दिए । ‘शुक्रबारदेखि नियमित उडानको अनुमती पाएका छौ,’ उनले भने ‘नेपालगञ्ज अथवा भैरवामध्ये एक गन्तव्यमा उडान भर्ने छौं ।’

उनका अनुसार एयरलाईन्सले बिहीबारदेखि बुकिङ खुल्ला गरिसकेको छ । कम्पनीले फिक्स्ड विङ जहाजबाट नियमित उडानको अनुमती पाएको हो । श्री एयरलाइन्ससँग क्यानडामा निर्मत क्यानडियन रिजनल जेट एक थान (७० सिटको) र ५० सिटको सिआरजे २०० सिरिजका दुई थान जहाज छन् ।

कम्पनीले करिव ४ मिहना अघि ति जहाज भित्र्याएको थियो । कम्पनीका कर्पोरेट म्यानेजर अनिल माानन्धरका अनुसार काठमाडौंबाट भद्रपुर, भैरहवा, नेपालगञ्ज तथा धनगढीमा नियमित उडान भरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL