Logo

निगमको ४० प्रतिशत उडान कटौती, चार ठाउँमा रात्रिकालिन सेवा स्थगित

निगमको ४० प्रतिशत उडान कटौती, चार ठाउँमा रात्रिकालिन सेवा स्थगित


रक्षा रेग्मी
0
Shares

काठमाडौं । आफूसँग रहेको बोइङ नियमित मर्मतका लागि सिङ्गापुर पठाएपछि निगमले भाडामै भएपनि जहाज लिएर तालिका अनुसारकै उडान जारी राख्ने योजना बनाएको थियो । योजना अनुसार भुटानबाट एउटा जहाज भाडामा लिने अन्तिम निर्णयमा पुगिसकेको थियो । तर अन्तिममा यसले मन्त्रालयबाट स्विकृति पाउन सकेन । त्यसैको नतिजा निगमले अहिले आफूले नियमित गरिरहेको उडानमा ४० प्रतिशत कटौती गर्नुपरेको छ ।

जहाज अभावमा उडान कटौती गर्नुपरेको निगमका सह प्रवक्ता शैलेन्द्र कंशाकार स्विकार गर्छन् । ‘अहिले सबैतिरको उडानको फ्रिक्वेन्सी घटाएका छौं’ उनले भने । कंशाकारका अनुसार हप्तामा तीन ओटा उडान हुने ठाउँमा दुई अथवा एउटा मात्र उडान गर्नुपरेको अवस्था छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भुटानबाट भाडामा लिन लागिएको जहाज हवाई नीतिले व्यवस्था गरेको भन्दा पुरानो भएको भन्दै अन्तिम स्विकृति दिएको थिएन ।

भुटानबाट ल्याइने भनिएको उक्त जहाज १६ बर्ष ८ महिना पुरानो रहेको मन्त्रालयको भनाइ छ । हवाई नीतिमा  १५ बर्षभन्दा पुरानो जहाज आयात गर्न नपाउने व्यवस्था उल्लेख भएको मन्त्रालयको जिकिर छ । यद्यपी भाडाको विषयमा भने नीतिमा स्पष्ट समयावधि तोकिएको भने छैन ।

भाडामा जहाज ल्याउन नसकेपछि निगमले अहिले दुई ओटा एयरबसबाट मात्र उडान गरिरहेको छ । यसअघि सातामा ३७ ओटासम्म उडान हुदै आएकोमा अहिले १८ ओटासम्म उडान कटौती गर्न निगम बाध्य भएको छ । साप्ताहिक रुपमा तालिका परिवर्तन हुने भएकोले कहाँ कति ओटा उडान गर्ने भन्ने रेकर्ड नभएको कंशाकारले बताए ।

विमान अभाव भएपछि निगमले दोहा, क्वालालम्पुर, दिल्ली र बैंगलोरका रात्रिकालिन सबै उडान स्थगन गरेको छ । यसअघि निगमले अहिले निगमले सातामा भारतका तीन सहरसहित १७, दुबई ४, दोहा ३ बैंकक ३, मलेसिया ३ र हङकङ ४ अन्तर्रा्ष्ट्रिय उडान गर्दै आएको थियो ।

निगमले गत जुलाई १४ मा नियमित मर्मतका लागि बोइङ सिङ्गापुर पठाएको थियो । यसको मर्मत अवधि कम्तीमा दूई महिना तोकिएको छ । निगमले दशै अघि नै बोइङ ल्याएर उडान गर्ने प्रयत्न भने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL