Logo

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण शुरु, २०२१ भित्र सम्पन्न

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण शुरु, २०२१ भित्र सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण बुधबारदेखि शुरु भएको छ । विमानस्थलको आजदेखि औपचारिक रुपमा निर्माण शुरु गरिएको विमानस्थलका आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिए ।

उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले विमानस्थल निर्माणको आज औपचारिक रुपमा थालनी गरेका हुन् । ‘विमानस्थलको निर्माण चिनियाँ ठेकेदार चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशनले जुलाई ११ देखि नै शुरु गरेकोे हो’ उनले भने, ‘तर, आजदेखि औपचारिकता मात्र दिइएको हो ।’

अधिकारीका अनुसार हाल विमानस्थलको शाखा कार्यलय तथा अस्थायी शिविर निर्माणको काम भइरहेको छ । विमानस्थल निर्माणको आज औपचारिक रुपमा शुरुवात गरिएपनि बर्षापछी मात्र द्वुत गतिमा काम अघि बढाइने उनले जानकरी दिए ।

विमानस्थलको निर्माण आगामी २०२१ जुलाई १० भित्र निर्माण सम्पन्न गर्ने योजना छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै चीन, भारतलगायत मुलुकहरुको सिधा हवाई सम्पर्क हुने छ । जसले गर्दा देशको पर्यटन व्यवसायमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । विमानस्थल करिब २२ अर्बको लागतमा बन्न लागेको हो ।

विमानस्थलमा २ हजार ५ सय मिटर लामो र ४५ मिटर चौडाईको धावनमार्ग बन्ने छ । निर्माणाधिन विमानस्थलमा ५ वटा मध्यमस्तरीय विमान पार्किङ गर्ने वे निर्माण हुनेछन् । जहाँ बोइङ–७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमानहरु मात्र अवतरण गर्न मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL