Logo

दोहामा हिमालयको थप दुई उडान, दशै तिहारमा ११ ओटा उडान भरिदै

दोहामा हिमालयको थप दुई उडान, दशै तिहारमा ११ ओटा उडान भरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले कतारको दोहामा हप्ताको दुई उडान थप गरेको छ । कम्पनीले साउन १९ गतेदेखि दोहाको बढ्दो मागलाई ध्यानमा राखी मंगलबार र विहिबार उडान भर्न लागेको हो ।

साथै भदौ १७ गतेबाट कात्र्तिक ११ गतेसम्मका लागि थप चार उडान गरी हप्ताको ११ उडान पु¥याउने जानकारी दिएको छ । उक्त थप उडान मंगलबार, विहिबार, शनिबार र आइतबार हुनेछ । थप गरिएका नयाँ उडान काठमाडौंबाट बिहान १०:१५ मा उडान गरी कतारको राजधानी दोहामा सोही दिन त्यहाँको समय अनुसार १२:२५ मा अवतरण गर्ने कम्पनीले जानकारी दिएको छ । सोही दिन १३:१५ मा दोहाबाट उडान भरि साँझ २०:५० मा काठमाडौं अवतरण गर्नेछ ।

कम्पनीले दशैं तथा दिपावलीलाई ध्यानमा राखि उडान थप गरेको कम्पनीका भाइस प्रेसिडेन्ट प्रशासन विजय श्रेष्ठले जानकारी दिए ।

दोहा उडान गरेको १ वर्षमा यात्रुबाट प्राप्त सद्भाव तथा सहयोग एवं हवाई सेवाको मागलाई मध्यनजर दशै तथा दिपावलीमा यात्रा गर्नेलाई सरल, सुलभ, सजिलो होस् भनेर थप उडानको घोषणा गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL