Logo

यी होटलमा हुदैछ अर्ब माथिको लगानी

यी होटलमा हुदैछ अर्ब माथिको लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा १ अर्ब रुपैयाँ भन्दा बढी लगानीका ४ ओटा होटल दर्ता भएका छन् । उद्योग विभागका अनुसार सो आवमा सिप्राभ्य होटल एण्ड रिसोर्ट प्राली, सौरभ बिजनेश सेन्टर प्राली, वाल्डो डाइनेष्टी होटल र हिमालयन रिसोर्ट दर्ता भएका हुन् । यी मध्ये सिप्राभ्य होटल एण्ड रिसोर्ट प्रालीले सबैभन्दा बढी लगानी सहितको प्रस्ताव पेस गरेको हो ।

सिप्राभ्य होटल

सिप्राभ्य होटल पाँचतारे होटल सोल्टि क्राउन प्लाजाका सञ्चालक प्रभाकर समशेर राणाको लगानीमा सञ्चालनमा आउन लागेको हो ।
राणाले काठमाडौंको कालिमाटिमा अर्को होटल सञ्चालनमा ल्याउने उद्देश्यसहित उद्योग विभागमा उद्योग दर्ताको प्रस्ताव पेश गरेका हुन् । सिप्राभ्य होटल्स एण्ड रिसोर्टस् प्रालीले ५ अर्ब ४१ करोड ७० लाख रुपैयाँ लगानीमा होटल सञ्चालन गर्न लागेको छ ।

जसमध्ये स्थिर पूँजी ५ अर्ब २१ करोड रुपैयाँ र चालु पूँजी २० करोड रुपैयाँ रहेको छ । आगामी पाँच बर्षभित्र होटल सञ्चालनको लक्ष्यसहित प्रक्रिया शुरु गरेको कम्पनीका कानुन अधिकृत सुवास विश्वकर्माले बताए । कालिमाटीमा करिब २ लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमा होटल सञ्चालन गर्न लागेको हो । जसमध्ये १ लाख ५० हजार स्क्वायर फिटमा होटलका भवनहरु हुने छन् । होटलमा १६० बेड र १२५ ओटा रेष्टुराँ रहने छन् । होटल सञ्चालनमा आएसँगै २५० जनाले रोजगारी पाउने छन् । होटल सञ्चालनका लागि विभिन्न प्रक्रिया पुरा गर्न करिब १ बर्ष लाग्ने उनले बताए । ‘त्यसपछि बल्ल डिजाइन तथा निर्माणको काम अघि बढाउने छौं’ उनले भने ।

सौरभ विजनेश प्राली

काठमाडौं । सौरभ विजनेश सेन्टर प्रालि भक्तपुरको वडा नम्वर ३ मा होटल सञ्चालन गर्ने गरी प्रक्रिया थालेको छ । कम्पनीले मंसिर ७ गते उद्योग विभागमा दर्ता गराएको थियो ।

सो होटलको सञ्चालकमा अंकुर न्यौपाने रहेका छन् । त्यस्तै न्यौपाने टावरका सञ्चालक विष्णु न्यौपानेको पनि सौरभ विजनेश सेन्टरमा लगानी रहेको छ । होटलको कुल पूँजी १ अर्व ५९ लाख रुपैयाँ रहेको छ । जसमध्ये स्थीर ९८ लाख स्थिर र २ करोड ५७ लाख चालु पूँजी रहेको छ ।
होटलमा १ सय ६० बेड, ८० ओटा रुम र १ सय ६० रेष्टुराँ सिट रहने बताइएको छ । होटल सञ्चालनमा आएसँगै १ सय ६ जनाले रोजगारी पाउने छन् । होटलमा लज रेष्टुराँ बार, क्याफे, क्याटरिङलगायत सेवा उपलब्ध गराउने बताइएको छ ।

स्वदेशी तथा विदेशी पाहुनालाई होटलसम्बन्धी आवश्यक परामर्श तथा सेवा उपलब्ध गराइने छ । त्यस्तै पाहुनालाई खाने,भ्रमण तथा अन्य सेवा उपलब्ध गराइने उल्लेख छ । होटल दैनिक ३ सिफ्टमा सञ्चालनमा आउने बताइएको छ ।

वाल्डो डाइनेष्टी होटल

वाल्डो डाइनेष्टी होटल चिनीयाँ कम्पनी वाइज पिस डेभलपमेन्टले सञ्चालन गर्न लागेको हो । कम्पनीले काठमाडौंको वडा नम्वर १५ मा होटल स्थापना गर्ने गरी उद्योग विभागमा उद्योग दर्ता गरेको हो । कम्पनीको प्रस्तावलाई पुस १७ गते उद्योग विभागले स्वीकृत गरेको थियो ।
वाल्डो डाइनेस्टी होटलको कूल पूँजी २ अर्व रुपैयाँ छ । होटलमा ३ सय ओटा वेड रुम र २ सय १० सिटको रेष्टुराँ रहने छ । सो होटल सञ्चालनमा आएसँगै १ सय ३३ जनाले रोजगारी पाउने बताइएको छ ।

होटलमा लज रेष्टुराँ बार, क्याफे तथा क्याटरिङलगायत सेवा उपलब्ध हुनेछन् । त्यसैगरी सभा, सम्मेलन तथा सेमिनारहरु पनि होटलमा आयोजना गर्न सकिनेछ ।

हिमालयन रिसोर्ट प्राली

हिमालयन रिसोर्ट प्रालीले काभे्रमा होटल सञ्चालन गर्न लागेको हो २ अर्ब कुल पूँजी रहेको होटलमा ९० ओटा बेड, ३०० रेष्टुराँ १०० जनाका लागि स्पा, फिटनेस सेन्टर ८० जनाका लागि, ५० जनाका लागि स्वीमिङ, ३०० सिटको सेमिनार र सोसियल इभेन्ट ५०० जना ।

२२२ जनाले रोजगारी पाउने छ । होटलको सञ्चालकमा महेश्वरप्रकाश श्रेष्ठ रहेका छन् । हिमालया रिसोर्ट फागुन २४ गते दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL