एउटा होटलमा के के भएपछि त्यो पर्यटकको आकषर्णमा पर्छ ? त्यसको डिजाइन अथवा अरु केहि ? होटल बुकिङमा सबैभन्दा ठूलो प्रभाव केहिले पार्छ भने त्यो त्यसको अवस्थिती हो ।
अमेरिकाको एरिजोनामा रहेको बेस्ट वेष्टर्न प्रिमियर ग्राण्ड क्यानयोन स्वायर इन होटलले यस्तै प्रमाणित गरेको छ । यसको डिजाइनभन्दा यसके अवस्थितीले होटलसम्मको पहुँच सजिलो बनाएको छ । यसैले पनि यो चर्चित ट्राभल बुकिङ साइट ट्रिप एड्भाइजरमा सबैभन्दा धेरै बुकिङ भएको होटलमा परेको छ ।
होटलमा हुने नियमित सेवा जस्तै माइक्रोवेभ, बाथटव, जिम, पुलजस्ता सुविधा भएको यो होटलमा डिलक्स र स्विट गरेर ३ सय १८ ओटा कोठा छन् । संसारकै सात प्राकृतिक आश्चर्यमध्य एकमा पर्ने स्थानको नजिक भएका कारण पनि यो होटलमा पर्यटक आकर्षित हुने गरेका छन् ।
ट्रिप एड्भाइजरको एउटा समिक्षामा लेखिएको छ ‘ग्राण्ड क्यान्योन नेसनल पार्कको प्रवेश मार्गभन्दा आठ मिनेट दक्षिणमा र ग्राण्ड क्यान्योन एयरपोर्टको चार मिनेट उत्तरमा रहेको अत्यन्त आरामदायी र आकर्षक स्थानमा रहेको होटल’ । यो समिक्षामा निःशूल्क कफि सहितको आरामदायी लबि, गिफ्ट पसल, वाटरफल सहितको आकर्षक दृश्य, ६ लेनको बलिङ खेल्ने ठाउँ र गेमिङ मेसिनलाई पनि आकर्षणको रुपमा देखाइएको छ ।
खासगरी होटलमा बिहानै उपलब्ध गराइने बे्रकफास्टको सुविधाले चरा हेर्नमा सौखिनलाई निकै राम्रो रहेको बताइएको छ । होटलमा बसेको प्रति रात २ सय ४२ डलर तोकिएको छ ।
एजेन्सीको सहयोगमा