Logo

युरोपका नागरिकलाई निःशुल्क रोमिङ

युरोपका नागरिकलाई निःशुल्क रोमिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युरोपियन युनियन (इयु) का नागरिकहरुले युरोप भित्रै यात्रा गर्दा रोमिङ तिर्न नपर्ने भएको छ । जुन १५ देखि युरोपियन युनियन आवद्ध देशहरुमा त्यहाँका नागरिकलाई निःशुल्क रोमिङको व्यवस्था गर्ने घोषणा गरेको हो ।

यससँगै त्यहाँका उपभोक्ताले अब रोमिङबारे तनाब लिनु पर्दैन । सबै इयुका नागरिकले अतिरिक्त शुल्क बिनै फोन, डाटा तथा एसएमएस गर्न मिल्छ । ‘रोम लाइक एट होम’ नामक नारासहित रोमिङ निः शुल्क गर्न लागेको हो ।

जसअनुसार सबै युरोपियन नागरिकले ‘ल्याण्ङि’पछि फोन नेटवर्कका लागि अरुको स्मार्टफोन पर्खिनु पर्दैन । ल्याण्डिङ गर्ने वित्तिकै आफ्नो फोन वा अन्य डिभाइसमा नेटवर्क जोड्ने प्रक्रिया सहज छैन ।

कुनै विदेशी नेटवर्क आफ्नो डिभाइस जोड्नु रोमिङ हो । रोमिङले फोनको विल पनि धेरै उठाउछ । २००६ देखि नै रोमिङ हटाउनेबारे कुरा उठेको थियो । जुन अव पुरा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL