Logo

तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि १३ अर्व ७२ करोड

तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि १३ अर्व ७२ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । सरकारले तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि करिव १४ अर्व बजेट छुट्टयाएको छ । पोखरासहित निर्माणाधिन तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि १३ अर्व ७२ करोड जिनियोजन गरेको हो ।

सोमबार अर्थमन्त्री कृष्णबहादर महराले निगजढ अन्तराष्ट्रिय विमानस्थलका लागि आगामी आर्थिक वर्ष बोलपत्र आहृवान गर्ने बताए । त्यस्तै पोखरा विमानस्थलको निर्माण आगामी ४ बर्षभित्र सक्ने समेत बताएका छन् । महराले लुम्बिनी विमानस्थल ०७५ सालमा निर्माण सक्ने समेत जानकारी दिएका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षबाट सुरु गर्ने सरकारले बताएको छ ।

यसका लागि १३ अर्ब ७२ करोड बजेट छुट्याइएको अर्थमन्त्रीले संसदलाई जानकारी दिए । सरकारले काठमाडौं-निजगढ द्रुतमार्गका लागि सरकारले १० अर्ब १४ करोड रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL