Logo

यति एअरलाइन्सको सामाजिक उत्तरदायित्व, चार संस्थालाई १६ लाख सहयोग

यति एअरलाइन्सको सामाजिक उत्तरदायित्व, चार संस्थालाई १६ लाख सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यति एअरलाईन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिनन्न सामाजिक संस्थालाई सहयोग गरेको छ । एअरलाईन्सले प्रति संस्था ४ लाख ७ हजार रुपैयाँका दरले चार वटा संस्थालाई १६ लाख २८ हजार रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीले ह्याबिट्याट फर ह्युमानिटी, मार्फा फाउण्डेशन, ब्लिंकनाउ फाउन्डेसन र वल्र्डभिजन इन्टरनेशनललाई उक्त रकम सहयोग गरेको हो । कम्पनीले ती संस्थाहरुलाई हालसम्म सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सयममा गरी १ करोड ६९ लाख ३७ हजार रुपैयाँ सहयोग गरिसकेको जानकारी दिएको छ ।

यसैगरी यती एयरलाइन्ससँग उडान गर्ने यात्रुहरु मध्ये अपाङ्गता भएकाहरुलाई ५० प्रतिशत, ज्येष्ठ नागरिकलाई २५ प्रतिशत बालबालिकालाई (३३ प्रतिशत र शिशुलाई ९० प्रतिशत छुट प्रदानगर्दै आएको छ । यो सामाजिक छुट जेटस्ट्रिम–४१ ले उडानभर्ने क्षेत्रहरु भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा र नेपालगन्जका लागि प्रदान गरिँदै आएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL