Logo

ठमेलको ज्याठामा खुल्यो लक्जरी होटल मलवेरी, नयाँ बर्षदेखि सञ्चालनमा

ठमेलको ज्याठामा खुल्यो लक्जरी होटल मलवेरी, नयाँ बर्षदेखि सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । होटल मलबेरी बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ठमेलको ज्याठामा रहेको तीन तारे होटल मलवेरीले नयाँ बर्षको पहिलो दिनदेखि सेवा शुरु गर्न लागेको महाप्रवन्धक अमिर प्रधानाङले बताए । विशेषगरी ठमेल आउने पर्यटकलाई लक्षित गरि ज्याठामा होटल सञ्चालन गरिएको उनले जानकारी दिए ।

mulberry hotel

त्यहाँबाट काठमाडौंका विभिन्न पर्यटकीय स्थान बसन्तपुर, स्वम्भु, दरवारमार्गलगायत जान पनि पायक पर्छ । होटल मलवेरीको अर्को विशेषता भनेको आठौ तलामा रहेको लाउञ्जबाट गौरीशंकर हिमाल, स्वयम्भु तथा नारायणहिटीको दृष्य देख्न सकिन्छ ।

होटलमा २८ स्क्वायर मिटरको डिलक्स रुम देखि ८० स्क्वायर मिटरको प्रसिडेन्टल सुट छ । यहाँका रुमहरु अन्य होटलका औसत भन्दा फराकिलो रहेको प्रधानाङको दावी छ । होटल मलवेरीमा न्यूनतम ९० डलरदेखि ४०० डलरसम्मका रुमहरु छन् ।

17911075_1011563685643436_683310710_n - Copy
त्यस्तै होटलमा ३० ओटासम्म गाडी अटाउने पार्किङ छ ।

होटलमा रेष्टुराँ, गिफ्ट सप, पुल,बारको पनि सुविधा छन् । त्यस्तै महिला तथा पुरुषका लागि छुट्टै स्पा तथा मसाज सेन्टरको समेत व्यवस्था छ । होटलमा आउने विदेशी पर्यटकले नेपाली बस्तु खरिद गरुन भन्ने उद्देश्यसहित गिफ्ट सप समेत सञ्चालन गरिएको छ । सो गिफ्ट सपमा नेपाली उत्पादन बढी राखिएको छ ।

mulberry

 

होटलबाट ७५ जनाले रोजगारी पाउने छन् । ३ बर्षअघिदेखि निर्माण शुरु गरिएको होटलमा ५५ करोड लगानी लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्