Logo

वायुसेवा निगम र एआरवीच विमान खरिद सम्झौता आज, कहिले भित्रिएला वाइड वडी ?

वायुसेवा निगम र एआरवीच विमान खरिद सम्झौता आज, कहिले भित्रिएला वाइड वडी ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रवार वाइड बडी विमान खरिद गर्ने सम्बन्धित सम्झौता गर्ने भएको छ । निगमले अमेरिकी कम्पनी एआर कर्पोरेशनसँग सो सम्झौता गर्न लागेको हो । कम्पनीका प्रतिनिधि सम्झौताका लागि आइसकेका छन् । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार अहिले निगममा सञ्चालक समितिको बैठक जारी छ । बैठक पश्चात आज सो कम्पनीसँग खरिद सम्झौता गरिने उनले बताए । कम्पनीसँग गत माघ १४ गते निगमले सैदान्तिक सम्झौता गरेको थियो ।

निगमले अमेरिकी कम्पनी एआरआर कर्पोरेशनलाई दुईओटा वाइडबडी खरिदका लागि जिम्मा दिएको हो । साथै जहाज खरिदका लागि बैना रकम समेत बुझाइसकेको छ ।
दुईओटा एयरबस ३३०–२०० संस्करणसम्म एक हजार घण्टासम्म उडेको जहाज खरिद गर्नसक्ने भन्दै निगमले ग्लोबल टेन्डर आह्वान गरेको थियो । जसमा अमेरिकी कम्पनीले सबैभन्दा कम रकममा ब्राण्ड न्यू जहाज उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

सो कम्पनीले निगमलाई १ सय ४ मिलियन अमेरिकी डलरमा २ वटा नयाँ वाइड बडी विक्री गर्न लागेको हो ।

निगमले लामो दूरीमा अन्तरराष्ट्रिय उडानका लागि वाइड बडी ल्याउन लागेको हो । वाइड बडी आएपछि साउथ कोरिया, युरोप, अष्ट्रेलिया, लन्डनलगायत ५ देशमा उडान गरिने छ । निगमले खरिद गर्न लागेको जहाज ए३३०–२०० ले एकतर्फी सिधा नौदेखि १० घन्टा ‘नन्स्टप’ उडान गर्न सक्नेछ ।

निगमसँग विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत लङ हल गन्तव्यमा उडान गरिसकेको अनुभव छ । त्यही अनुभव लिएर पुनः लङ हल गन्तव्य उडान गर्न लागिएको कंसाकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL