Logo

बैशाख १५ देखि हिमालयको दुवई उडान, राउण्ड ट्रिप भाडा २४ हजार ८ सय

बैशाख १५ देखि हिमालयको दुवई उडान, राउण्ड ट्रिप भाडा २४ हजार ८ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाईन्सले संयुक्त अरब इमिरेट्स दुवईको लागि उडान शुरु गर्ने भएको छ । हिमालयले २०७४ बैशाख १५ गतेदेखि काठमाण्डौ–दुबई(काठमाण्डौं प्रत्यक्ष उडान शुरु गर्ने जानकारी दिएको छ । एअरलाइन्सले यस अधि दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान गर्दै आएकोमा अब नयाँ गन्तव्यको रुपमा दुवई उडान भर्न लागेको हो ।

हाल हिमालयको तीनवटा जहाज रहेको छ । सोमध्ये दैनिक सेवाको लागि एउटा एअरबसले दुबई उडान भर्नेछ । जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमीक्लास सिट हुनेछन् । एअरलाईन्सको उडान नम्बर एच९६६७ काठमाण्डौंबाट १०स्४० मा प्रस्थान गरी दुबईमा १३स्२५ मा अबतरण गर्नेछ । त्यसैगरी उडान नम्बर एच९५५८ मा दुबईबाट प्रस्थान गरी काठमाडौंमा २०स्२० मा अवतरण गर्नेछ ।

दुबई पर्यटन र व्यापार यात्राको लागि सबैभन्दा रोमान्चक गन्तव्य भएको र त्यसैलाई लक्षित गरी उडान भर्न लागिएको हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘हामी हाम्रा यात्रुहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरामा गर्वको अनुभुति गर्दछौ,’ उनले भने, ‘आशा छ हाम्रो नयाँ उडान क्षेत्रमार्फत नयाँ यात्रुहरु आगमन भई नेपालको अर्थव्यवस्थामा योगदान पुर्याउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागी राम्रो बजार हुनेछ ।’

कम्पनीले काठमाण्डौ-दुबर्ई-काठमाण्डौको लागि  भाडादर २४ हजार ८ सय २७ र दुबई-काठमाण्डौ-दुबईको लागि दुवईको मुद्रा ३ सय ५० कायम गरेको छ । उक्क्त दरमा सरकारी कर भने समावेश गरिएको छैन । एअरलाईन्सले फिस्टेल ट्राभल एण्ड टुरिजम एलएलसीलाई दुबर्ईको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL