Logo

जेट एयरले ‘बिलियनमाइल्स फेस्टिबल आयोजना गर्दै, धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कार

जेट एयरले ‘बिलियनमाइल्स फेस्टिबल आयोजना गर्दै, धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतको अन्तरराष्ट्रिय एयरलाइन्स जेट एयरवेजले भारतकै पहिलो तथा सर्वाधिक ठूलो ‘बिलियनमाइल्स फेस्टिबल’ आयोजना गर्ने भएको छ । जेट एयरवेजले सो फेस्टिवल मार्फत धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कृत गर्ने योजना सार्वजनिक गरेको हो ।

योजना अवधिभित्र जेट एयरवेजको टिकट बुक गर्ने तथा यात्रा गर्ने जुनसुकै देशका यात्रुले १ करोड भन्दा बढी जेपीमाइल बराबरको बोनस प्राप्त गर्न सक्ने छन् ।

आगामी गर्मी मौसममा बिदा मनाउने यात्रुहरुलाई लक्षित गरी ल्याइएको यस योजना अन्तर्गत जेट एयरवेजका यात्रुले बोनस जेपीमाइल प्र्राप्त गरी लाभान्वित हुने बताएको छ ।
यो योजना जेट प्रिभिलेजका सवै सदस्य तथा लोयाल्टी रिवार्ड कार्यक्रमका विजेताहरुका लागि समेत खुल्ला रहने कम्पनीले जानकारी दिएको छ । सदस्यता लिइ नसकेकाहरुले एयरवेजको वेबसाइटमार्फत आफूलाई सूचिकृत गरी बोनस जेपीमाइल योजनाको फाइदा उठाउन सक्ने छन् । ग्राहकले यही फरवरी २१ देखि मार्च ३१ सम्ममा जेटएयरवेज डटकम वा मोबाइल एपमा बुक गरेको प्रत्येक टिकटमा बोनस जेपीमाइल प्राप्त गर्न सक्ने छन् ।

यसका अतिरिक्त योजना अवधिभर प्रत्येक दिन एक जना भाग्यशाली विजेता घोषित गरिने छ । यसरी घोषित गरिएका विजेताहरुले एक लाख जेपीमाइल प्राप्त गर्ने छन् ।

साथै एक जना ज्याकपट विजेताले दसलाख जेपीमाइल प्राप्त गर्ने छ । विजेताहरुले आफूले प्राप्त गरेको जेपीमाइल आगामी जेट एयरवेज वा साझेदार एयरलाइन्सको अवार्ड टिकट खरीद गर्दा प्रयोग गर्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL