काठमाडौं । गोमा एयरले दुई एलइटी ४१० विमान भित्र्याएको छ । कम्पनीले सोमवार भित्र्याएको ती विमान रुसी कम्पनीसंग खरिद गरेको हो ।
यि दुवै जहाज नेपाली चालकदल र इन्जिनियरिङ दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुदै नेपाल ल्याएका हुन । यि दुइ जहाजहरुको थप भएसँगै गोमा एयर संग २ केससना ग्रा्याण्ड क्याराभन र ४ एलइटी ४१० गरि ६ ओटा विमानहरुको फ्लिट हुनेछन् ।
छोटो धावन मार्ग प्रयोग गर्ने यि ६ वटै विमानहरुले काठमाण्डौ, पोखरा, र नेपालगन्ज बाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा दिने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
सेवा विस्तार संग चाहिने पुर्वाधारहरुको व्यवस्था कम्पनिले विमानहरु आउनु अगावै तयारी गरिसकेको छ ।