Logo

एमए ६० ले शुरु गर्यो उडान, २२ यात्रुका साथमा भैरहवा प्रस्थान

एमए ६० ले शुरु गर्यो उडान, २२ यात्रुका साथमा भैरहवा प्रस्थान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको चिनीयाँ विमान एमए ६० ले शनिवार देखि उडान थालेको छ । एमए ६० ले आजदेखि भैरहवाका लागि उडान भरेको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार एमए ६० दिउँसो ३ बजे क्याप्टेन गृष्म श्रेष्ठका साथ २२ जना यात्रुसहित त्यसतर्फ लागेको हो ।सो विमान ५ बजे भैरहवाबाट फिर्ता हुने छ । भैरहवामा काठमाडौंका लागि ६० जना यात्रु रहेको उनले जानकारी दिए ।

एमए ६० मार्फत काठमाडौं –विराटनगर–काठमाडौं, काठमाडौं– धनगढी–काठमाडौं रुटमा नियमित उडान हुनेछ । त्यस्तै काठमाडौं –भद्रपुर – काठमाडौं रुटमा हप्ताभर आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमको तालिका छ ।

मंगलबार, विहीवार र शनिबार काठमाडौ –भैरहवा– काठमाडौं उडान गर्ने निगमको योजना छ । तालिका अनुसार ५६ सिट क्षमताको एमए६० ले महिनाभर १ सय ५ घण्टा उडान भर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL