काठमाडौं । हिमालय एअरलाईन्सले नेपाल–याङगुन सीधा हवाई सेवा शुरु गरेको छ । हिमालय एअरलाईन्सले आफ्नो चौथो गन्तव्यमा म्यानमारको याङगुन उडान शुरु गरेको हो । हिमालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०:५५ मा उडान भरेर याङगुन अन्र्तराष्ट्रिय विमानस्थलमा १४:१५ मा अवतरण गरेको थियो । हिमालयको सो उडानसँगैे दुई देशबीच पर्यटन, व्यापार र लगानीका अवसर प्रबद्र्घनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हिमालयले हप्ताको दुई दिन सोमबार र शुक्रबार उडान गर्नेछ । नेपालस्थित म्यानमारका राजदूत ल्वीन आँ, सँस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ म्यानमारको प्रथम उडानमा यात्रुहरुसँगै सहभागी भएको कम्पनीले जानकारी दिएको छ ।
एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा सहयोग पुर्याउन हिमालय एअरलाईन्सको प्रतिबद्धतालाई अर्र्को कोसेढुङ्गाको रुपमा थप्ने काम गरेको कम्पनीका भाइस प्रसिडेन्ट श्रेष्ठले बताए । काठमाण्डौं(याङगुनहवाई यात्राको सुरुवातसँगै हिमालय एअरलाईन्सले नेपाल र म्यानमारका यात्रुहरु प्रति लक्षित गरी बढी छनोटका अवसहरु प्रदानगर्दै आफनो सञ्जाल क्रमशःअभिवृद्धि गर्दै लाने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कम्पनीले काठमाण्डौ(याङगुन(काठमाण्डौको लागि शुरुवाती टिकटदर २९ हजार ६ सय रुपैयाँ तोकेको छ । तर उक्त दरमा सरकारी कर रकम समावेश गरिएको छैन । एअरलाईन्सले युनिक एसिया ट्राभल एण्ड टुर्सलाई म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा सो ट्राभलले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवा उपलब्ध गराउने छ ।