Logo

हिमालय एअरलाईन्सले ल्यायो दोस्रो विमान ए३२०, नयाँ गन्तव्यमा उडान भर्ने

हिमालय एअरलाईन्सले ल्यायो दोस्रो विमान ए३२०, नयाँ गन्तव्यमा उडान भर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाईन्सले आफनो दोस्रो नयाँ विमान ए३२० भित्र्याएको छ । मंगलवार ११ बजे सो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो । हैम्बर्ग, जर्मनबाट उडान गरिएको ९एन एएलभी रजिष्ट्रेशन नम्वरको सो विमानलाई पानीको तोपद्वारा सलामका साथ स्वागत गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा संकृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनबहादुर शाही तथा नेपाल नागरीक उड्डयनका प्रबन्धक निर्देशक देवेन्द्र उपाध्याय र साथै प्राधिकरणका पदाधिकारीहरु सहभागी थिए ।
सो अवसरमा हिमालयका प्रशासन-उपाध्यक्ष विजय श्रेष्ठले दोस्रो एअरवस को आगमनसँगै यस हिमालय एअरलाईन्सको समुह आगामी दिनमा ग्राहकहरुको उत्कृष्ट सेवाको लागी अत्याधिक मेहनतका साथ प्रस्तुत हुने प्रतिज्ञा गरे । साथै नेपाललाई नयाँ गन्तव्यसँग जोड्ने अवसर ल्याउनुका साथै नेपालको आर्थिक बृद्धिमा समेत मद्दत गर्ने जानकारी दिए ।

स्थापनाको पहिलो वर्षमै दुईवटा विमान सञ्चालनमा आउनु हिमालय एअरलाइन्स् तथा देशकै पर्यटन एंव हवाई उद्योगमा कोषे ढुङ्गा सवित भएको उनले जानकारी दिए । १ सय ५८ सिट क्षमता रहेको हिमालय एअरलाइन्सको नया विमान ए३२० लाई दुई वर्गमा विभाजन गरिएको छ । जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी१ सय ५० वटा इकोनोमी क्लासको रहेको छ । नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सअगष्ट २०१४ मा स्थापित भएको हो

एअरलाईन्सले  गत जेठ देखि दोहा, कतार र अक्टोबर १ २०१६माकोलम्बो, श्रीलंका उडान गरेर अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो ।
एअरलाईन्सले यही बर्षको फेव्रवरी १० मा क्वालालम्पुर, मलेसिया र फेव्रवरी २४ देखि याग्ङगुन र म्यानमारमा प्रत्यक्ष उडान गर्नेछ । साथै आगामी बर्षको पहिलो चरणमा दिल्ली, दमाम, अहमदावाद, चेंदगु र दोयाम चरणमा दुवई, हङकङ, बैंकक, ल्हासा, र वेइजीङ्गलाई प्रत्यक्ष उडान जोड्ने योजना रहेको जानकारी दिएको छ ।

हिमालय एअरलाईन्सले आगामी पाँच वर्ष भित्र पन्ध्र वटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL