Logo

मर्क्योर काठमाण्डूमा खुल्यो सोप्रा इटालियानो, इटालियन परिकारको अनुभव लिन पाइने

मर्क्योर काठमाण्डूमा खुल्यो सोप्रा इटालियानो, इटालियन परिकारको अनुभव लिन पाइने



काठमाडौं । सुकेधारा हाइट्सस्थित मर्क्योर काठमाण्डूमा बहुप्रतिक्षित इटालियन रेस्टुरेन्ट सोप्रा इटालियानो भित्रिएको छ । नेपालको राजधानी काठमाण्डूमा इटालीको प्रामाणिक स्वाद प्रस्तुत गर्ने उद्देश्यले कर्क्योर काठमाडौंमा यसको सुरुवात गरिएको हो ।

उद्घाटन समारोहमा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेवाल उपस्थित रहेर कार्यक्रममा गरिमा थपिन्। उनको सहभागिताले मर्क्योर काठमाण्डू सुकेधारा हाइट्सको अन्तर्राष्ट्रिय महत्वलाई झल्काउने कम्पनीले जानकारी दिएको छ ।

सोप्रा इटालियानोले इटालियन परिकारहरूको विशेष अनुभव प्रस्तुत गर्दै, हातले बनाइएका पिज्जा, ताजा पास्ता र इटालियन मिठाईहरूको स्वाद प्रदान गर्दैछ। रेस्टुरेन्टको वातावरणले परम्परागत इटालियन आकर्षणलाई आधुनिक परिष्कृततासँग मिश्रण गरेको छ, जसले यसलाई रोमान्टिक डिनर, पारिवारिक जमघट र विशेष अवसरहरूको लागि उपयुक्त बनाउँछ।

मर्क्योर काठमाण्डू सुकेधारा हाइट्सका महाप्रबन्धक विजय नम्मारन एसले काठमाण्डूमा वास्तविक इटालियन स्वाद ल्याउन पाउँदा निकै उत्साहित भएको बताए । लाइभ किचेनमार्फत स्वादिष्ट परिकारको प्रत्यक्ष अनुभव प्रदान गर्न आफुहरु उत्सुक रहेकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्