Logo

होटलमा लगानी गर्दै चिनीयाँ कम्पनी, दुई अर्बमा होटल वाल्डो डाइनेस्टी

होटलमा लगानी गर्दै चिनीयाँ कम्पनी, दुई अर्बमा होटल वाल्डो डाइनेस्टी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चिनीयाँ कम्पनी वाइज पिस डेभलपमेन्टले नेपालमा होटल क्षेत्रमा लगानी गर्न लागेको छ । कम्पनीले वाल्डो डाइनेस्टी नाममा नेपालमा होटल सञ्चालन गर्न लागेको हो ।

त्यसका लागि आवश्यक तयारी पुरा भएको होटलका स्थानीय साझेदार महेश्वर श्रेष्ठले जानकारी दिए । ‘उद्योग विभागमा होटल दर्ता गरेका छौं उनले भने’ अब अन्य कानुनी प्रक्रिया अघि बढाउँदैछौं ।’

कम्पनीले काठमाडौंको वडा नम्वर १५ मा होटल स्थापना गर्ने गरी उद्योग विभागमा उद्योग दर्ता गरेको हो । कम्पनीको प्रस्तावलाई पुस १७ गते उद्योग विभागले स्वीकृत गरेको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुईटेलले जानकारी दिए ।

वाल्डो डाइनेस्टी होटलको कूल पूँजी दुई अर्व रुपैयाँ छ । होटलमा ३ सयओटा वेड रुम र २ सय १० सिटको रेष्टुराँ रहने छ । सो होटल सञ्चालनमा आएसँगै १ सय ३३ जनाले रोजगारी पाउने बताइएकोछ । होटल कती क्षेत्रफलमा बनाउने तथा कस्तो डिजाइनको बनाउनेबारे पनि निणर्य भइनसकेको श्रेष्ठले जानकारी दिए ।

होटलमा लज रेष्टुराँ बार, क्याफे तथा क्याटरिङलगायत सेवा उपलब्ध हुनेछन् । त्यसैगरी सभा, सम्मेलन तथा सेमिनारहरु पनि होटलमा आयोजना गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्