काठमाडौं । उपत्यका र नजिकका हिमालहरूको मनमोहक दृश्यहरूको बीचमा अवस्थित मर्क्योर काठमाडौँले अविस्मरणीय भ्यालेन्टाइन डे मनाउन एक मनमोहक सेटिंग प्रदान गर्ने भएको छ ।
क्यान्डल लाइट डिनर, रुफटपको घनिष्ठ अनुभव अथवा लक्जरियस ओभरनाइट रिट्रीट, हरेक अनुभवका साथ होटलले प्रेम फैलिने उत्तम वातावरण प्रस्तुत गर्ने जनाएको छ । दिनभरि चल्ने रेस्टुरेन्ट डाइनमा एक भव्य बुफे डिनरको मज्जा लिन सक्नु हुने छ भने रातो र सुनौलो रङको आकर्षक सजावट, मैनबत्तीको झिलिमिली र सुन्दर फूलहरूको संयोजनले रोमान्टिक वातावरण सिर्जना गर्ने होटलले जनाएको छ।
पाहुनाहरूले लाइभ म्युजिकको आनन्द लिँदै स्पार्कलिंग वाइन, हाउस ककटेल वा मकटेलसँग स्वादिष्ट परिकारहरूको पनि आनन्द लिन सक्नेछन्। मूल्य प्रति जोडी ७,९९९ रुपैयाँ मात्र रहेको होटलले जनाएको छ ।
एक मनमोहक रुफटप डाइन अनुभवको लागि शुक्र बारले ९० मिनेटका लागि असीमित पास(अराउन्ड स्न्याक्स र अनलिमिटेड अल्कोहलिक बेभेरेजहरूको साथमा एक घनिष्ठ सेटिंग प्रस्तुत समेत हुने छ । लाइभ म्युजिकले वातावरणलाई मन्त्रमुग्ध बनाई अति रोमान्टिक वातावरणको सिर्जना गर्नेछ। उक्त रुफटपको मूल्य प्रति जोडी १२,९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै, आफ्नो प्रियजनलाई उत्कृष्ट भोजन अनुभवसँगै थप रोमान्टिक ओभरनाइट स्टे पनि दिन विशेष उत्सवमा आराम र लक्जरीको उत्तम समिश्रणको लागि मूल्य प्रति जोडी १७,९९९ रहेको होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
![](https://www.bizkhabar.com/wp-content/uploads/2025/02/sukrabar-13-614x768.png)