Logo

पाँच सयमा २४ घण्टा जेल, लिने हो ‘जेल पर्यटन’को अनुभव ?

पाँच सयमा २४ घण्टा जेल, लिने हो ‘जेल पर्यटन’को अनुभव ?


बिजखबर संवाददाता
0
Shares

अपराधको आरोपमा जेल बस्नेका लागि त्यहाँको अनुभव सुखद नहोला । जेल भित्रका सिमाले यसलाई कष्टपूर्ण ठाउँको रुपमा चिनिन्छ । विना अपराध यदि तपाई पनि जेलको यस्तै अनुभव लिन चाहानुहुन्छ भने भारतको मेडाकमा ‘जेल पर्यटन’को अवसर उपलब्ध छ । मेडाकमा रहेको दुई सय बर्ष पुरानो साङारेड्डी जेलमा विगत केहि महिनायता यस्तो नयाँ अभ्यास सुरु गरिएको हो । जेलले एक दिनभरको बसाइको लागि पाँच सय भारतीय रुपियाँ तोकेको छ ।

जेलको बारेमा सुनिरहेका तर त्यहाँको वास्तविकता जान्न ईच्छुक व्यक्तिका लागि सो जेलले यस्तो अवसर जुराइदिएको हो । जेलमा बस्नेले त्यहाँ रहेका कैदीकै रुपमा बस्ने र काम गर्नुपर्ने हुन्छ । सम्पुर्ण रुपमा जेल जीवनकै अनुभव आगन्तुकले गर्न सक्छन् । तर यो त्यति सजिलो भने छैन ।
jail

जेल पर्यटनको अनुभवका लागि आउने धेरै व्यक्तिले २४ घण्टा समय बिताउन नसकेका प्रशस्त उदाहरण छन् । ‘पछिल्लो पटक आएका १२ व्यक्तिमध्ये पाँच जनाले मात्र पुरा समय बिताएका छन्’ जेलका इन्चार्ज सन्तोष कुमार रायले भने । आफ्नो जीवनमा केहि नयाँ गर्ने सोंचका युवा र शान्त जीवनको अपेक्षा राख्ने व्यक्ति जेल जीवनको लागि सौखिन देखिएका छन् । ‘म जेलको बारेमा यस्तो सुनेपछि निकै उत्साहित थिए । तर जेलको एक दिनको बसाईले मैले बुझे कि त्यो कति भयानक र अत्यासलाग्दो हुँदो रहेछ । उनीहरुले म सँग भएका सबै चिज लगिदिए र मलाई बेलुका ६ बजेसम्मका लागि बन्द गरिदिए । अर्को दिन बिहान ६ बजेमात्र मलाई त्यहाँबाट मुक्त गरिदिए’ सफ्टवेयर इन्जिनियर सम्राट रङ्गुले भने । अब अर्कोपटक त्यस्तो अनुभवका लागि नजाने उनको प्रतिबद्धता छ ।

पहिलोपटक जेल जानेहरु त्यहाँबाट निस्केपछि फेरी फर्किएर नजाने आफ्नो अडान सुनाउँछन् । ‘यो आफैमा गन्जागोल अनुभव बन्यो । त्यहाँका कैदीसँग बसेर हामीले रमाइलोको अनुभव त गर्यौं तर अब अर्को पटक चाहिँ यो काम गर्दिन,’ युवा सफ्टवेयर इन्जिनियर नितिस रेड्डीको आफ्नो अनुभव सुनाउँछन् । उनी र उनका अरु दुई जना साथीले जेलमा २४ घण्टा पुरा गरे । जहाँ उनीहरुले रुख काट्नेदेखि कैदीलाई गराइने विभिन्न काम गरे ÷एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL